महेश कुमार दास,जलेश्वर। मटिहानी नगपालिकाको नगरकार्यपालिका सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले बहुमत प्राप्त गरेको छ ।मटिहानी नगरपालिकामा आठ जना कार्यपालिका सदस्य चयनका लागि मंगलबार सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसको वडा अध्यक्षहरुको साथ पाएपछि लोसपा नेपाल वहुमत प्राप्त गरेको हो ।
प्रमुख , उपप्रमुख , निर्वाचित नौ(९) वडा अध्यक्ष , तिन जना खुला सदस्य (अल्पसंख्यक) र पाच जना निर्वाचित महिला सदस्यहरु सहित १९ सदिस्य कार्यपालिका रहने व्यवस्था रहेको मटिहानी नगरपालिकाको निर्वाचन अधिकृत कुल बहादुर फडेराले बताउनु भयो ।



सोही व्यवस्था अनुसार मंगलबार सम्पन्न भएको मतदान प्रक्रिया पश्चात भएको मतगणना पश्चात लोसपा र नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका खुल्ला र महिला सदस्यहरु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताउनु भयो ।
सम्पन्न मतगणना परिणाम अनुसार महिला सदस्य तर्फ लोसपा नेपालका गेना देवी पासवान , दुलारी देवी , मनतोरिया देवी र सनकेशी कुमारी चौधरी निर्वाचित भएको छ भने नेपाली काँग्रेसका सुकनी देवी महिला सदस्यमा निर्वाचित भएको छ । यस्तै खुला सदस्य अल्प संख्य तर्फ लोसपा नेपालबाट अरुण कुमार नाहर र नागेन्द्र लाल कर्ण निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस रामपदारथ साह निर्वाचित हुनु भएको निर्वाचित हुनु भएको छ ।
निर्वाचितसवै कार्यपालिका सदस्यले २९ मत पाएर विजयी हुनु भएको निर्वाचन अधिकृत फडेराले बताउनु भएको छ ।
मटिहानी नगरपालिकामा ८ जना कार्यपालिका सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली काँग्रेसले ८ पदमा आपसी सहमति गरेका छन् भने नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै उम्मेदवारी दिएको मटिहानी नगरपालिकाको प्रमुख हरि प्रसाद मण्डलले बताउनु भएको छ । कार्यपालिका सदस्यका लागि लोसपा नेपालका ६ जनाले र र काँग्रेसबाट २ जनाले उम्मेदवारी दिएका थिए ।
लोसपाले निर्वाचित तर्फ ४ र दलित अल्पसंख्यक तर्फ २ जनालाई उम्मेदवार बनाएका छन् । कांग्रेसले भने दुबै तर्फ एकएक सिट लिएर गठबन्धन गरेको मेयर मण्डलले बताउनु भयो कार्यपालिका सदस्यका लागि लोसपाका २२, नेकपा एमालेका १३, नेपाली कांग्रेसका ७ र जसपाका ५ गरी कूल ४७ जना मतदान गरेको निर्वाचन अधिकृत फडेराले जानकारी दिनु भयो । नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मटिहानी नगरपालिका प्रमुखले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको थियो ।




