औरही(महोत्तरी)- महोत्तरीमा अवैध नदी उत्खनन् गरिरहेकाे अवस्थामा एक स्काईभेटर नियन्त्रणमा लिएको छ ।
महोत्तरीको गौशाला नगरपालिकाले अवैध नदी उत्खनन् रोक्नका लागि कडा निर्देशन दिएको २४ घण्टा नवित्दै गौशाला नगरपालिकाबाट बग्ने मरहा नदीमा दिउँसै नदी उत्खनन् गर्दै गरेको अवस्थामा एक स्काईभेटर भेटिएको छ ।विहीबार दिउँसोको समयमा सो नदीबाट नगरपालिकाको कर्मचारीले नम्बर नभएको एक स्काईभेटर नियन्त्रणमा लिएको हो ।




अनुगमनको क्रममा नदीमा पुगेका नगरप्रहरी र नगरपालिकाको कर्मचारीले सो खवर नगरपालिकामा खवर गरेपछि सशस्त्र प्रहरीको सहयोगमा सो एक स्काईभेटर नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिएको स्काईभेटर कालिका वालुवा तथा वासिंग सेन्टर गौशालाको नाममा रहेको नगरपालिकाको कार्यालयले शिरीष न्युज लाई जनाएको छ ।
त्यस्तै सो स्काईभेटरका चालक भारत घर भएका २० बर्षिय रोशन सिंह लाई समेत नियन्त्रणमा लिएको छ ।नगरपालिकाको कार्यालय स्रोतका अनु्सार घटनास्थलमा तत्कालै ईलाका प्रहरी कार्यालय गौशालामा जानकारी गराउँदै समेत अन्तिम समयसम्म प्रहरी गएका थिएनन्।

खवर गराउँदा तत्कालै घटनास्थल पुग्ने भनिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरीहरु चार घण्टा वित्दा समेत पुग्न नसकेको ती कर्मचारीहरुले बताएका छन् । सशस्त्र प्रहरी वेस क्याम रामनगरका प्रहरीको सहयोग लिई सो कार्य सम्पन्न भएको हो ।
नगरपालिकाले नियमानुसार कारवाही गरिने नगरपालिकाको राजश्व शाखाले जनाएको छ । गौशाला नगरपालिकाको कार्यालयले अवैध नदी उत्खनन् रोक्नका लागि वुधबारनै सार्वजानिक सुचना प्रकाशन गरेका थिए ।




