महोत्तरी। जिल्लाको सबभन्दा पुरानो सदरमुकामको रुपमा रहेको जलेशवरमा अहिले विकास निर्माणको काम तिब्रता पाएको छ । गत बैशाखमा सम्पन भएको स्थानिय निकायको चुनाबमा जलेश्वरलाई पर्यटकीय नगरीको रुपमा चिनाउँने वाचा गरेको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार अहिले जलेश्वरलाई चिनाउँने गरि विकास निर्माणको काममा दिनरात प्रयासरत रहेको छ ।
सदरमुकाम जलेश्वरमा निर्माण गरिएको भगवान महादेवको प्रतिमा जिर्ण अवस्थामा रहेको र अहिले मेयर सोनारले उक्त प्रतिमालाई रंगरोगन,पानीको झरना,फुल,लगायत रंगविरंगी लाईट लगाएर झन सौन्दर्य गरेका छन ।
भिठामोड जलेशवर सडक खण्ड अन्तर्गत जलेशवरको मटिहानी चौकमा निर्माण गरिएको प्रतिमा मा विहान र बेलुका दर्जौनो महिला पुरुषहरु मोवाइलमा उक्त मनोरम दृश्य कैद गर्नको भिड लाग्ने गरेका छन ।
मेयर सोनारले आफुले वाचा गरे अनुसारको काम गरेर हेराउने प्रतिबधता फेरि दोहरियाएका छन । आफु निर्वाचित भएपछि जलेश्वरलाई पर्यटकिय नगरीको रुपमा विकास गरि जलेश्वरको सम्रग विकास हुने गरि कयौँ योजनाहरु बनाइसकेको र उक्त योजनाहरु अहिले अगाडि पनि बढिसकेको छ भने कतेको योजनाहरु छलफलमा रहेको बताए ।
पालिका भित्रको स्वास्थय चौकीहरुमा समेत औषधिको अभाव झेल्नुपरेका कारण अहिले प्रत्येक स्वास्थ्य चौकीमा प्रयाप्त औषधि पठाइएको र अब नगरभित्रका सामुदायीक स्कुलहरुको शिक्षालाई सुधार गरी नमुना पालिका बनाउँने मेयर सोनारले बताए ।
आउँने समयमा नगरपलिकाको चौतर्फि विकास गरि नमुना पालिका बनाउँने मेयर सोनारले बताएका छन ।


