ढल्केवर – धनुषाको ढल्केवरमा भेटिएको शंकास्पद वस्तुको जिम्मेवारी विप्लव समूहले लिएको छ ।
धनुषाको ढल्केवरमा भेटिएको शंकास्पद वस्तु प्रहरीले हटाएको छ । मङ्लबार दिनको १ बज ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका –६, ढल्केवरस्थित बसही पुलमा राखिएको शंङ्कास्पद वस्तु प्रहरीले हटाएको हो ।




खाली काटुनमा ‘खतरा’ लेखिएको र माथिबाट रातो कपडा राखिएको अवस्थामा भेटिएको शंकास्पद वस्तु प्रहरीले हटाएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको हुनसक्ने उहाँले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेर जाँच गर्दा बिस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि पुलबाट हटाएको प्रहरी निरीक्षक सिंहले जनाए ।
पुलनजिकै सडकमा शंकास्पद कुकर फेला परेको हो । उक्त वस्तु कुकर बम भएको हुनसक्ने आशंका गरिएको छ । बाक्लोरूपमा प्रहरी परिचालन गरिएको छ ।
मधेस प्रदेशमा बन्दको प्रभाव छैन । यद्यपि बन्दकर्ताहरूले नै बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तुको पहिचान र डिस्पोजका लागि सेनाको टोली त्यस ठाउँमा जाँदै गरेको धनुषा प्रहरीले जनाएको छ ।




