धर्मेन्द्र कुमार यादव- महोत्तरी, १८ बर्ष १ महिना २७ दिनको सफल कार्यकाल पूरा गरी श्री राष्ट्रीय अधारभूत बिद्यालय शिवनगर द्वरा एक जना अवकास प्रप्त गरेका शिक्षकलाई बुधवार बिदाइ गरिएको छ। सोनमा गाउपालिका वडा नं ८ बस्ने श्री सत्यनरायन यादव लाई एक समारोह बिच बिदाइ गरिएको छ। बिद्यालय प्राङनमा गरिको बिदाई कार्यक्रममा बिद्यालयका प्र अ दायारम यादवले अवकास भएका शिक्षकको कार्यकाल बारे प्रष्ट पारेका थिए।
वाहाको कार्यकालमा शिक्षण सिकाइमा धेरै सहयोग भएका कुरा प्र अ यादवले बताका छन। साथै विभिन्न वक्ताहरुले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै सोनमा गाउपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले भन्नू भयो कि आज अवकास प्राप्त भएका शिक्षकको कारन शिक्षा क्षेत्रमा ठूलो क्षती भएको छ तर उमेर अनुसार सबै कर्मचारी लाई एक दिन अवकास लिनु पर्छ, गुनस्तरिय शिक्षाको नारा लिएर अगाडी बढेको छु यस कार्यको लागी यस बिद्यालयको बातावरनले धेरै सहयोग पुर्याउने छ, अगामी दिनमा यस बिद्यालय लाई गाउपालिकाको नमुना बिद्यालयको रुपमा देख्ने सपना पूरा हुनेछ। बिदाइ कार्यक्रममा साहित्यकार धर्मेन्द्र कुमार यादवले साहित्यिक अभिवादनको रुपमा नामको कविता प्रस्तुत गरिएको थियो।
बिद्यालयका बिद्यार्थीहरु द्वारा अवकास प्राप्त शिक्षकको स्वागतमा मैथिली सास्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए। वडा नं ८ का वडा अध्यक्ष शुनिल कुमार सिहको अध्यक्ष्तामा भएको बिदाई कार्यक्रममा प्रमुख अतिथी सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, विशिष्ट अतिथी सोनमा गाउपालिका उपाध्यक्ष जहिदा खातुन, अतिथिहरुमा वडा नं ७ का वडा अध्यक्ष इन्द्रजित यादव, सोनमा गाउपालिकाका शिक्षा संयोजक राजकुमार साह, विभिन्न बिद्यालयका प्र अ हरु, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवीहरु को उपस्थीती रहेका थिए।

त्यस्तै बिद्यालयमा गाउपालिकाको सहयोगमा एक कोठे कम्प्यूटर कोठाको उद्धाटन गरिएको छ। कार्यक्रममा गाउपालिका अध्यक्षले फिता काटेर कम्प्यूटर कोठाको उद्धाटन गरेका छ्न।


