जनकपुरधाम- धनुषामा दुई किशाेरी शव खेतमा फेला परेकाे छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज साँझ धनुषाको नगराईन नगरपालिकामा दुई किशोरीको शव फेला परेको हो । फेला परेका शव नगराइन वार्ड न – ७ स्थित डेबडिहा बस्ने दशरथ महराको १८ वर्षीया छोरी पुजा कुमारी महरा र भारत मधुबनी जिल्ला थाना हर्निया हरलाखी वडा नम्बर ७ बस्ने रामकिसुन महराको १७ वर्षीया छोरी आरती महराको रहेको छ ।



उनिहरु हाल मामाघर नगराईन नगरपालिका वार्ड न – ७ डेबडिहा बस्ने किरण महराको घरमा बस्दै आएका थिए । उनिहरु नगराईन नपा वडा नम्बर ६ लगमा पुर्वारिटोल चौरमा घासकाट्न गएका थिए । साँझमा चौउरमा दुबै जना मृत अबस्थामा फेला परेका हुन् । उनिहरुको के कति कारणले मृत्यु भएको भनि हाल खुल्न नसकेको र प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनिहरुको शव पोस्टमार्टम को लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।




