काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको छ ।
यही असोज २३ गते मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाश गरिएको निर्वाचन आयोगले जनाएको छ ।



भोलि उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्द सूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्द सूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
मधेस प्रदेशबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको सूचि
मधेस प्रदेशबाट प्रदेश सभा सदस्य उम्मेदवारको सूचि
देशभरि कै प्रतिनिधि सभा सदस्य उम्मेदवारको सूचि
देश भरिबाट प्रदेश सभा सदस्य उम्मेदवारको सूचि




