हरेक निर्वाचनमा केही “हटक्षेत्र”प्रति विशेष चासो हुँदो रहेछ । तिनै क्षेत्रहरुमध्ये एक हो, महोत्तरी निर्वाचन क्षेत्र नं. ३ । यस क्षेत्रको न्यानोपनाको कारण हो देशले झेल्न बाध्य चुनाबी गठबंधन । नेपाली काँग्रेसले नेतृत्व गरेको गठबंधनबाट उपेन्द्र यादव बाहिरिए पछि कुरेर बसेको महन्थ ठाकुर शेरबहादुर देउवासँग बारगेनिङ्ग गरी महोत्तरी क्षेत्र नं.३ (प्रदेश सहित) आफ्नो झोलीमा पारे ।




खासमा लोसपा सरकारी गठबंधनको अंग हो वा होईन, काँग्रेसले आफ्नो कोटाबाट केही सिट लोकतान्त्रीक समाजवादी पार्टीलाई दिएको रहेछ भन्ने विषय अहिले पनि प्रश्नयोग्य नै छ । गठबंधनको राजनीति हाबी भएको परिस्थितीमा यस्ता लेनदेन अति सामान्य हुनजान्छ ।
काठमाण्डौमा नेपाली काँग्रेसका सभापतिले उपेन्द्र यादव गठबंधनबाट बाहिरिँदा महन्थ ठाकुरलाई सुटुक्क काँग्रेसको हिँस्साबाट लोसपालाई केही सिट दिएर देशको भावी राजनीतिको कोर्ष बारे छनक दिनुभयो । त्यसैअनुरुप काँग्रेसले नेतृत्व गरेको गठबंधनबाट लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एमालेले नेतृत्व गरेको गठबंधनबाट हरिनारायण यादव, नेकपा एमालेबाट बागी भई स्वतन्त्ररुपमा रामआधार कापड, तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष बृशेषचन्द्र लाल अहिले चुनाबी समरमा फते प्राप्तीका लागि खुबै प्रयास गरिरहेका छन् ।
एमाले ले गरेको संसद बिघटन पश्चात अहिलेसम्म लोसपा र जसपाले प्रदर्शन गरेको राजनीतिलाई नियाल्दा लोसपा अध्यक्षको क्षेत्रप्रति बढेको चासो जायज छ । काठमाण्डौले कोरिदिएको चुनाबी गोरेटोमा गणतब्य प्राप्तगर्न ठाकुरलाई कतिको सहज छ ?
महन्थ ठाकुरको राजनीतिक पृष्ठभूमी लामो छ । विद्यार्थीकाल देखि पंचायती व्यवस्थाको बिरुद्ध कडा संघर्षका बिरासतका धनी ठाकुर बिभिन्न पटक सांसद र मन्त्री बन्दै आएका नेता मध्ये एक हुन । अहिले उनी लोसपा पार्टीलाई अध्यक्षता गरिरहेका छन् ।
ठाकुरको तत्कालिन पार्टी राजपाले क्षेत्र नं. ३ भित्र पर्ने चार वटा स्थानीय तह (पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका) जितेको थियो । नेपाली काँग्रेस र नेकपा एमाले प्रति मधेशमा घृणा फैलाइएको थियो , मधेशवादी दल द्वारा । समाजवादी फोरम र राजपाबीच चुनाबी एलायन्स निर्माण भएको थियो । र त्यसमाथि, नेपाली काँगे्रसले महन्थ ठाकुरलाई जिताउनको लागि आफ्नै उम्मेदवार बजरंग नेपालीको मनोनय दर्ता फिर्ता लिन लगाएको थियो । नेपाल कम्युनिस्ट पार्टीले कमजोर उम्मेदवार पठायो । र ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तर खडा गरी विजय भए । गत निर्वाचनमा महन्थ ठाकुरले प्रतिनिधि पठाएर मनोनय दर्ता गराएका थिए । अहिले स्वास्थ्य प्रतिकुलताका बाबजुद आफै जलेश्वर पुगेर नोमिनेशन गर्नु परेको अवस्था छ । गत निर्वाचनमा ठाकुर आफै काठमाण्डौमा रहेपनि उनको लाभालस्कर ठूलै हुनेगर्थ्यो ।
ठाकुर बिरुद्ध क्षेत्रमा एउटा साँझा न्यारेटिभ चलेको देखिन्छ । त्यो हो, ‘महन्थ ठाकुर यदी राष्ट्रिय नेता हो भने क्षेत्र नं. ३ मा राष्ट्रिय स्तरको विकास खोइ त ?”
प्रतिद्वन्दी रामआधार कापड पाँचौपटक निर्वाचन लडिरहेका छन् । नेकपा एमालेबाट बागी भएर । कापड गठबंधन बनाएर निर्वाचन लड्नु एउटा राजनीतिक अपराध हो भनी जनतालाई अपिल गर्दै हिँडेका देखिन्छन् । नेकपा एमालेबाट बागी मनोनय दर्ता गराएका कापड जनताको बिकल्पकारुपमा आफूलाई प्रस्तुत गर्न मिहनेतमा लागेका छन् । उनि २०४२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भई २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष भएका थिए । ०५६-०५७ सालतिर कापड नेबिसंघको केन्द्रिय सदस्य भएका थिए । उनि नेपाली काँग्रेसमा २८ वर्ष सक्रियरुपमा बिभिन्न भूमिका निर्वाह गरेका नेता हुन । लामो समयदेखि गैरसरकारी सँस्थाको माध्यमबाट उनले जनतामा आफ्नो नाम चिनाउन सफल नेताकारुपमा मानिन्छन् । २०६४ सालतिर मधेशवादी दलमा रहेर राजनीति सुरु गरे देखि गत वैसाखमा सम्पन्न स्थानीय निर्वाचनको बेला सम्म उनि माओवादी केन्द्र, नेपाल कम्यिुनिस्ट पार्टी हुँदै नेकपा एमालेबाट समेत निर्वाचन लडिसकेका नेता हुन । वर्तमान निर्वाचन उनको राजनीतिक जीवनको ५चौँ निर्वाचन हो । त्यसैगरि झण्डै पाँच दशक देखिको राजनीतिक संघतमा रहेका बृषेशचन्द्र लाल २०७४ को ‘चुनाबी समर’मा ठाकुरको महारथीको भूमिका निर्बाह गरेका थिए । पछिल्लो स्थानीय निर्वाचन भन्दा केही महिना पहिला मात्रै तराई मधेश लोकतान्त्री पार्टी (तमलोपा) पार्टी गठन गरी लाल अहिले आफ्ना गुरुको प्रतिद्वन्दीका रुपमा जनता रिझाउन मिहनेत गरिरहेका छन् । राजनीतिकरुपले परिपक्व मानिएका लाल क्षेत्र नंं. ३ को ‘माटो र मन’को आवाज बुझ्ने ल्याकत बोकेका नेता हुन्। पछिल्लो निर्वाचनको बेला ठाकुरको बलियो र कमसल ‘भोट ब्याँक’ भएका आधारबारे जानकार भएका कारण ठाकुरलाई ठूलो चुनौति थपिएको छ । त्यसैगरि नेकपा एमाले गठबंधनका उम्मेदवार हुन हरिनारायण यादव ।
नेपाली काँग्रेसमा लामो समय राजनीति गरेका यादव काँग्रेसको जिल्ला सचिब समेत रहेका थिए । २०६४ सालमा सम्पन्न संबिधानसभाको निर्वाचनमा विजय प्राप्त गरि मन्त्री समेत भइसकेका हुन । ०७४ जस्तै यसपालि क्षेत्र नं.३ मा पर्ने चारवटा पालिका मध्ये तीन वटा पालिका जसपाले जितेको छ । त्यसैगरि यादवसँगै प्रदेशसभाका लागि ३(क)बाट मधेश प्रदेशका निवर्तमान मूख्यन्यायधिवक्ता दिपेन्द्र झा चुनाब लड्दै छन् । ३(ख) बाट एमालेका पुराना नेता रामदयाल मण्डल । क्षेत्र नं. ३ मा एउटा ठूलो वग्रिय भोट ब्यांकमा मण्डलको पकड रहँदै आएको छ । २०७० मा भएको निर्वाचनमा जितेर दोस्रो संबिधान सभा सदस्य भइसकेका मण्डल राजनीतिकरुपमा सक्रिय रहँदै आएको छ । हरिनारायण र रामदयालबीच एकअर्कामा भर परेका छन् । त्यस्तै एमालेबाट बागी कापड र मण्डलबीचको भोट ब्यांक एउटै हो, समग्रतामा । नेताहरुले जातिय र वर्गिय मानसिकतामा मत खसाल्ने जनता तयार पारेका छन् । भर्खरै चर्चित राजनीतिक विश्लेषक सीके लालले एउटा अंग्रेजी अखबारमा छापिएको लेखमा उल्लेख गर्नुभएछ की, ‘गंगा मैदानका अधिकांश मतदाताहरु चुनाबको समयमा आफ्नो मत हाल्दैन, तिनीहरुले नाता, पहिचान, ऐक्यबद्धता र गर्वको लागि आफ्नो जातलाई मतदान गर्छन् ।’
महन्थ ठाकुर जुन जात र वर्गलाई प्रतिनिधित्व गर्नुहुन्छ त्यसलाई सामान्य भाषामा कथित फरवार्ड भन्न सकिन्छ । २०४६ साल देखि अहिले सम्मको ३५ वर्षको अवधिमा फरवार्डले नै जित्दैआएको छ । २०७० को दोस्रो संबिधान सभामा एकपटकका लागि रामदयाल मण्डलले जितेको थियो । पछिल्लो केही दशकमा समाजमा राजनीतिक चेतनामा बृद्धि आएको छ । खुला बजार र वैदेशिक रोजगारको भरमा अधिकांश मानिसको दैनिकी फेरिएको छ । सहि या गलत, आम मानिसमा सूचनाको पहुँचमा बढोतरी भएको छ । जसले मानिसमा सोँच्ने क्षमताको विकास भएकै हो । गाउँ घरतिर डिलक्स होटेलहरु खुल्न थालेको छ । अधिक्तम व्यक्तिको घरमा इन्टरनेटको सुबिधा छ । बिभिन्न कारोबारको संजाल बढेको छ समाजमा । पुलिस-प्रशासन सँग राम्रो सम्बन्ध राख्नैपर्ने पारम्परिक सोँच हाबी हुँदै गएको छ । र प्रशासनमा पकड बनाउन राजनीतिमा दखल राख्नु आवश्यक ठान्दछन ।
शक्तिबाट टाँढा रहँदै आएको एउटा ठूलो तप्का छ समाजमा जो शक्ति अभ्यास गर्न वर्गियरुपमा गोलबद्ध भएका छन् । सिके लालले प्रकट गर्नुभएको अनुभवलाई टेक्दै निर्वाचनको लेखाजोखा गर्न जातिय र वर्गाीय फ्याक्टरलाई एउटा औजारको रुपमा लिनु बांक्षणीय हुन्छ । २०६४ पश्चात मधेशको चुनाबी राजनीतिको डिस्कोर्षमा जातियताको अहमियत बढ्न थालेको सबैले महसुस गर्नथालेको छ, बोल्दैनन् मात्र । बितेको वैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा क्षेत्र नंं ३ को ‘सोसल इन्जिनयरिंग’ चर्मराएको अवस्था छ ।
काँग्रेसको भरोसा
अहिले चर्चामा रहेका चार वटै उम्मेदवारको राजनीतिक ‘डिएनएमा नेपाली काँग्रेस नै छ । मंसिर-४ को निर्वाचनमा काँग्रेसको मनपेट कता रह्ने हो भन्ने विषयले महत्व राख्ने भएको छ । रणभूल्लता र भविष्यप्रतिको गम्भिर फिकिर देखियो । काँगे्रस नेताहरुको जोड समानुपातिक मत कति बटुल्न सकिन्छ भन्ने तिर इंगित छ ।
यसलाई स्वभाविक पनि मानिएको छ । काँगे्रसले उत्साहजनकरुपमा समानुपातिक मत आफ्नो पोल्टामा पार्न सक्यो भन्ने क्षेत्र नं. ३ बाट दुई जना सांसद हुनसक्ने सुखद सम्भावना छ । लोसपा पार्टी त्यसैपनि राष्ट्रिय पार्टीको हैसियत ग्रहण गर्न नसक्ने प्रस्ट देखिएकोले, के लोसपाले काँग्रेसको लागि समानुपातिक मतमा सहकार्य गर्नसक्छ ? भनी अनौपचारिक आवाज गुञ्ज्यमान नै छ। सत्तामा रहेका कारण लोसपाका प्रदेशसभा उम्मेदवारमाथि हुने ‘एन्टीइन्कम्बेन्सी’को प्रभाव रह्ने नै छ । त्यसको सिधा प्रभाव ठाकुरमाथि पर्ने भयो ।
यदी ठाकुरले काँग्रेसका केही नेता विशेषलाई सँगै ल्याउन सफल भएपनि त्यसले मतको ग्राफमा ल्याउने आकारमा भरपर्ने होला। निर्वाचन आयोगको तथ्यांक अनुसार क्षेत्र नं. ३ मा कुल ९९ हजार ९३० मतदाता रहेका छन् । अनुमान लगाउनेहरुले ५५ देखि ६० हजारसम्म पोलिंग होला भनीरहेका छन् । पोलिंग जतिभएपनि १० देखि १२ हजार मतदाताले के गर्ला भनी निणर्य लिन बाँकी रहेको देखिन्छ, क्षेत्रमा घुम्दा प्रस्ट बुझिन्छ । गठबंधनले पिपराबाट सुरुगरेको सभा बथनाहासम्म जाने कार्यक्रम छ । २०४६ साल यता महोत्तरी क्षेत्र नं. ३ मा अहिलेसम्म कसैलेपनि दोस्रोपटक प्रतिनिधि सभाको चुनाब जित्न नसकेको इतिहास तोडिने सम्भावना छ वा छैन् त्यसकोलागि मंसिर-४ नै कुनुपर्ने हुन्छ ।




