महोत्तरी – औरही यूथ फोर्स युवाले औरही नगरपालिका १ स्थित रहेको हनुमान मन्दिरबाट सरसफाई कार्यक्रम सुरु गर्ने भएको औरही यूथ फोर्स युवाका अध्यक्ष राजु प्रधानले बताए ।
उनका अनुसार ‘हाम्रो सभ्यता हाम्रो शान,स्वच्छ औरही हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।



उक्त सरसफाई कार्यक्रम भोलि बिहान ७:३० बजेदेखि दिउँसो १० बजेसम्म हुनेछ ।
समाज रुपान्तरणका विभिन्न लक्ष्य र सपना बोकेको औरही यूथ फोर्स युवाले सरसफाई कार्यक्रममा सहभागि हुनसमेत आग्रह गरेको छ ।




