लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी ।तस्वरि ः धर्वेन्द्र कुमार यादव(यदुवन्शी)
महोत्तरी- महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेस लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।



भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।




