महोत्तरी – मटिहानीमा आज लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक र्याली प्रदर्शन गरिएको छ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल ९ नं. गण जलसागरका गणपति दिपेन्द्र गिरी, मटिहानी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा ,



ओरेक नेपाल का लिला दियाली, वड़ा नं. ९ का वड़ा अध्यक्ष मदन चौधरी, कार्यपालिका सदस्य नागेन्द्र लाल कर्ण, सुनकेसी चौधरी, पालिकाका शिक्षा संयोजक चन्देश्वर साह, जिल्ला स्वास्थ्य का प्रतिभा सिंह,
स्वास्थ्य संयोजक पवन मण्डल,महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास, लगायतका वक्ताहरुले लैंगिक विभेद र हिंसा वारे चर्चा गरेका थिए।







