महोत्तरी – मौसममा आएको परिवर्तनसँगै महोत्तरीसहित तराई मधेशमा चिसो बढेको छ।
पश्चिमी वायुको प्रभावले महोत्तरीसहित मधेस प्रदेशको विभिन्न जिल्लाहरुमा शितलहर समेत शुरु भएको छ।दिउँसो सम्ममा पनि घाम नलाग्दा अहिले सर्वसाधारणहरु अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्किन छाडेका छन्।



बजारमा चहलपहलमा समेत कमी आएको छ।
मानिसहरू ‘घुर’ बालेर जाडो छल्ने प्रयास गरेको देखिन्छ।चिसोसँगै प्रादेशिक अस्पताल जलेश्वरमा निमोनिया, रुघाखोकी, टाउको दुख्ने जस्ता बिरामीहरुको संख्यामा वृद्धि भएको छ।
चिसो बढेसँगै बालबालिका, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरु बढी प्रभावित देखिएका छन्।





