काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै युवराज पौडेल सफलले बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।



उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएका कारण पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् ।
उनले लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेजको पनि माग गरेका छन्।




