वसन्तपञ्चमी बितेको एक साता नाघ्यो, तर कतै ढोल, मृदङ्ग बजेको र ‘जोगिरा’ ९फागुगीत०का भाखा ९स्वर० सुनिँदैनन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीदेखि फागुन पूर्णिमासम्म बस्ती–बस्तीमा गुञ्जने परम्परागत ‘जोगिरा’ को भाखा र ढोल, मृदङ्ग बजेको सुन्न छाडिएपछि यस भेगका पाका मैथिल ९मिथिलाका बासिन्दा० अब लोक परम्परा हराउँदै गएको चिन्तामा छन् ।
जीवनका ८० वसन्त पार गरेका महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका वृद्ध किसान जोगिन्द्र महतो यस भेगमा चाडवाड र विशेष उत्सवका लोक परम्परा देखिन, सुनिन छाडेपछि खिन्न हुनुहुन्छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त उत्सव पर्वसँग जोडिएको कृषि परम्परा कतै नदेखेपछि ८१ वर्षीय महतोको मन कटक्क दुःखेको हो ।



“आब बुझायल, जे सब अपन पुरान मैथिल परम्परा मिटागेल, अई बेर श्रीपञ्चमी पावैनमें पासपडोस आ कतो हरक फेरालगायत नई देखलिय, पूजके लेल जन भेटल” अब बुझ्दैछु, हाम्रा सबै मैथिल परम्परा मेटिँदैछन्, यसपालि श्रीपञ्चमीमा पर्वमा कतै हलो घुमाइएको देखिएन, न श्रमिक पुज्न नै पाइयो० । श्रीपञ्चमी कृषि कार्यसँग जोडिएको महत्वपूर्ण पर्वमा मैथिल परम्पराअनुसार अढाइ मोड ९साढे दुई घुम्ती० हलो घुमाउने ९जोत्ने० र श्रमिक पुजिएको कतै नदेखेपछि पुराना परम्परा हराउँदै गएको कुराले महताकोे चित्त कुँडिएको रहेछ । “श्रीपञ्चमी बितल कई दिन भगेल, मुदा कतो ‘जोगिरा’ गवैत नई सुनाइय” ९श्रीपञ्चमी बितेको कति दिन भइसके, तर कतै ‘जोगिरा’ को भाखा सुनिँदैन० महतो भन्नुहुन्छ, “आब पुरान परम्परा किस्सा होयत जारहल अई” ९अब पुराना परम्परा दन्त्यकथा बन्दै गइरहेका छन्० ।
‘जोगिरा’ मिथिलाको परम्परागत लोकभाखा हो । शिशिरको जाडोले कक्रिएको जनजीवनलाई वसन्तागमको सन्देश दिने यो भाखामा रसिक र शृङ्गारिक भाव हुने गर्छ । साँझको खानपिन सकेर एकप्रहर रात कटेपछि बस्ती–बस्तीमा सामूहिक ९सामुदायिक० ‘बसघरा’ ९भवन० मा ढोल, मृदङ्ग बज्न थाल्ने र त्यससँगै गुञ्जने ‘जोगिरा’ को भाखाले आम मैथिल, मिथिलानी रोमाञ्चित हुन्छन् । मध्यरातसम्म गुञ्जने ‘जोगिरा’ मा हिन्दू आस्थासँग जोडिने शिव, पार्वती र श्रीराम, जानकीले आपसमा अबिर खेल्दै हाँसखेल गरेका भाव समेटिएका हुन्छन् । यतिमात्र नभई ‘गवैया’ ९जोगिरा गाउने०हरूले आपूmले ठट्टा गर्न मिल्ने नवयौवनालाई गीतकै भाखामा रसिक छेडखानी गर्न पनि चुक्दैनन् ।
ढोल, मृदङ्ग र झ्यालीको तालमा ‘गवैया’ समूहका मुख्य नाइकेको लयमा स्वर मिलाउँदै गाइने ‘जोगिरा’ सुन्न छाडिएपछि सो बस्तीकै ८० वर्षीय रामचन्द्र साह पनि अब पर्वविशेषका रितिथिति, चलन हराउँदै जाँदा आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको बताउनुहुन्छ । मैथिलमूलकै नभए पनि यहीँ जन्मेर हुर्केका पर्वते मूलका नेपाली मातृभाषी पनि पुराना चलन हराउँदै गएकोतर्फ खिन्न छन् । “हामी यही जन्म्यौँ, हुक्र्यौँ, यहाँका चलन परम्परामा भिज्यौँ”, भङ्गाहा–४ कै ८४ वर्षीय छविलाल दाहाल भन्नुहुन्छ, “वसन्तपञ्चमी पर्वमा बाँझो खेत नजिक नभेट्दा सडकमै भए पनि गोरु नारेर दुई÷तीन फेरा घुमाइन्थ्यो, हामी कति रउस ९रमाइलो० मान्थ्यौँ, खै अब पर्वका यी परम्परा हराए, न कतै वसन्तपञ्चमीसँगै गाइने फागुगीत जोगिरा नै सुनिन्छन् ।”
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रका किसान श्रीपञ्चमीलाई मुख्य कृषि पर्वका रूपमा मनाइँदै आइएको विगत सम्झन्छन् । “श्रीपञ्चमी किसानका लागि ‘नयाँ वर्ष’ को प्रारम्भ हो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ५५ वर्षीय किसान महेन्द्रसिंह कुशवाहा भन्नुुहुन्छ, “श्रीपञ्चमीकै दिन कृषि ज्यावल पूजा गरिन्छन्, यसै दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिक व्यवस्था गरेर वरण गरिन्छ, कृषि ज्यावल बनाउने र मर्मत गर्ने लोहार यसै दिन वरण गरिने परम्परा छ, त्यसैले यो किसानको कृषि ‘नयाँ वर्ष’ हो ।” यसबाहेक पर्वका दिन हलो घुमाउने विधि पनि कामको कहिल्यै खाँचो नहोस् भन्ने कामना गरिँदै खेतीकार्यको शुभारम्भ गरिएको प्रतीक नै रहेको कुशवाहा बताउनुहुन्छ । तर गाउँनगर, बस्तीमा श्रमिक नपाइएपछि श्रमिक पूजा र गाईवस्तु पाल्न छाडेपछि गोरु नार्ने परम्परा हराउँदै गएको कुशवाहाको भनाइ छ ।
पछिल्ला केही वर्षयता जोत्ने गोरु किसानका गोठमा देखिन छाडेका छन् । “अरु छिमेकका के कुरा गर्नु रु मेरै गोठमा १० वर्ष पहिलेसम्म तीन हल गोरु थिए, अहिले गोठ रित्तो छ”, बर्दिबास–७ प्रेमनगरका रामचन्द्र महतो भन्नुहुन्छ, “करिब दुई सय घरको प्रेमनगर बस्तीमा अहिले गोरु पाल्ने किसान मुस्किलले एक÷दुई होलान्, न गोरु, न हलोफाली।।१ जे खेती गरे पनि ट्र्याक्टरकै भर ।”
जोत्ने गोरु, राँगा पाल्न छाडिएपछि हलो, हरिस, जुवा, अनौं, फालीजस्ता हलोसँगै जोडिने पुराना यी सामग्री अब देखिँदैनन् । किसानका घरघरै रहने यी परम्परागत खेतीका ज्यावल अब पछिल्लो पुस्तालाई इतिहास पढाएझैँ बुझाउन पर्ने भइसकेको विगतमा पशुपतिनगर गाविस छँदा अध्यक्ष रहनुभएका बर्दिबास–९ का किसान नथुनी महतो बताउनुहुन्छ । “देख्दादेख्दै सबै हराए, यो दिनको त कल्पना थिएन हाम्रो पुस्तालाई”, ८० वर्षीय महतो भन्नुहुन्छ, “न पुरानो खेती प्रणाली रह्यो, न खेती मजदुर नै पाइन्छन्, अनि के हाम्रा कृषि पर्वका परम्परा जोगियुन् रु”
श्रीपञ्चमीबाट सुरु हुने मैथिल कृषि पर्व परम्परा त्यसपछिका पर्वमा पनि जोडिएका यहाँका पाका किसान बताउँछन् । जुडशीतल पर्व ९विक्रम संवत्को नयाँ वर्ष० मा स–साना बोटविरुवामा पानी हालेर सेचन गरिने परम्परा छ । त्यसैगरी चौरचन ९भदौ शुक्लपक्षको चौथी० पर्वमा नयाँ कृषि उपज चन्द्रमालाई अर्पण गर्ने र छठपर्वमा बोटैसहितको अदुवा, बेसार, निबुवा÷ज्यामिरसहितका फल, गुबोपातसहितको उखुका लाँक्रा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइने अनिवार्य कृषि उपज पर्छन् ।
यीबाहेक मिथिलाका अन्य थुप्रै पारम्परिक पर्व खेती र उत्पादित फसलसँग जोडिएका भङ्गाहा–६ सङ्ग्रामपुरका बासिन्दा कृषि विज्ञ राजकिशोर यादव बताउनुहुन्छ । नेपाल सरकारको कृषिक्षेत्रको उपसचिव पदबाट सेवा निवृत्त हुनुभएका यादव भन्नुहुन्छ, “अब कृषि जनशक्ति ९श्रमिक० पाइँदैन, खेतीपातीभित्रका पर्व त्यतिकै हराउँदै गए ।” पहिलेपहिले धान रोपाइँका दिन मनाइने खुसीयाली र उल्लास अब दन्त्यकथाजस्तो भइसकेको यादवको थप भनाइ छ ।
कृषिसम्बद्ध पर्व परम्परामात्र नभएर मिथिलाका अन्य पुराना परम्परा पनि हराउँदै गएका छन् । श्रीपञ्चमी पर्वकै दिनदेखि थालिने वसन्तउत्सवको मुख्य आकर्षण ‘होरीगीत’ अब बस्तीबस्तीमा सुनिन छाडिएका छन् । श्रीपञ्चमीसँगै प्राचीन मिथिलाका बस्ती–बस्तीमा प्रत्येक रात झ्याली, मृदङ्ग, हारमुनियम र ढोलसँगै फागुपूर्णिमासम्म गुञ्जने ‘होरीगीत’ ९जोगिरा, फागुगीत० परम्परा अब देख्न, सुन्न छाडिएको छ । त्यसैगरी दशैँको झिझिया परम्परा पनि अब गैरसरकारी संस्था र विभिन्न सांस्कृतिक संस्थाले मात्र थेगेका छन् । अहिले देखिने यो अवस्थाले मिथिलाका लोक परम्परा अब पछिल्ला पुस्ताले एक समयको कुरा भनेर पढेर थाहा पाउने स्थिति बनेको लामो शिक्षण पेसाबाट अवकास लिनुभएका भङ्गाहा–७ मेघरोलका ६५ वर्षीय चन्द्रनारायण सिंह थारूको भनाइ छ ।
प्राचीन मिथिलामा श्रीपञ्चमीका दिनदेखि सुरु हुने ‘होरी’ ९फागु० गीत गाउनेलाई ‘होलैया’ भनिन्छ । यहाँ यसै दिनदेखि ‘वसन्त’ सुरु भएको मानिन्छ । श्रीपञ्चमी मनाइएपछि मिथिलामा रङ अबिरको खेलले प्रवेश पाउँछ । यसअवधिमा घरमा आउने पाहुना ९सम्धी, साला÷जेठान, सोल्टा÷सोल्टिनी र भिनाजु०लाई अबिरले स्वागत गर्ने स्थापित परम्परा रहेको पाका मैथिल सम्झन्छन् । तर समयक्रममा यो प्रेम र आत्मीयतासँग जोडिएको परम्परा अब देखिन छाडेको थारु बताउनुहुन्छ । “अब हाम्रा ९मिथिलाका० परम्परा चैं के हुन् त भनेर देखाउन अहिलेको बूढो पुस्तापछि कसैले लेखीदिए तिनै कथामात्र हुने दिन टाढा छ जस्तो लाग्दैन”, थारूले चिन्ता गर्दै भन्नुभयो ।
ठाउँ–ठाउँका विशिष्ट परम्पराले त्यो ठाउँको खास पहिचान बनाएका हुन्छन् । मिथिला कला, संस्कृति, भाषा र आफ्नै रितिथिति संसारलाई चिनाएको प्राचीन आर्य सभ्यताको थलो भए पनि अब पुराना परम्परा हराउँदै गएको प्रति पाका पुस्ताको मन अमिलिएको हो । खास परिचयसँग जोडिएका यी परम्पराबारे पछिल्लो पुस्ता बेखबरझैँ देखिएको पाका मैथिल बताउँछन् । नयाँ पुस्ताले ठाउँ विशेषका आफ्नै विगत परम्परा बुझ्न तत्परता देखाउन् र ती थिति थामी दिन पहलकदमी लिउन् भन्ने आफ्नो पुस्ताको चासो रहेको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८० वर्षीय वरिष्ठ पत्रकार कृष्णचन्द्र झाको भनाइ छ ।




