धनुषा–लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरुलाई पुनः वंशज नागरिकता दिंदा मुलुकमा सुरक्षा थ्रेट बढाएको बताएका छन् ।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै सांसद महतोले जन्मसिद्ध नागरिकता भएको अभिभावकका सन्तान नेपाली नागरिक हुदाहुदै नागरिकताबाट बञ्चित भएको छ, सांसद महतोले भने, ‘नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बन्नेहरु फेरी नेपालको नागरिकता लिनेलाई अंगकृत नागरिकता दिनु पर्ने व्यवस्था हुनुपर्छ । विदेशबाट नेपाल फर्केर फेरी नेपाली नागरिकता लिनेहरुबाट मुलुकमा सुरक्षा थ्रेट बढेको छ ।’



विदेशी नागरिकता त्याग्नेलाई अंगिकृत नागरिकता दिनु पर्ने प्रदेश सांसद महतोले संघिय सरकारसंग आग्रह गरेका छन् ।




