रेवती रमण पोखरेल
हालसम्म करिब ४० हजारको ज्यान लिइसकेको टर्किको भुइचालोमा भएको छतिको पछाडि बिगतमा गरिएका मानवीय त्रुटि र कमसल निर्माण पनि कारण देखिएपछि हाल सनसनि मच्चिएको छ।



टर्किस सरकारले हातेय प्रदेशमा संचालित निर्माण कार्य तथा ठेकेदार सँग सम्बन्धित १०० जना लाई अहिले सम्म नियन्त्रणमा लिइसकेको छ।
प्रमुख छति हातेय प्रदेशमा भएको थियो जहाँ घरका छत बिम र पिल्लरमा कमसल रड र सिमेन्ट प्रयोग गरियको भेटिएको छ।कतै त बिममा फुको गिट्टि पनि भेटिएको छ।
“दोस्रो झटका पछि हाम्रोघर एक्कासि भुइमा बजारियो हामी पहिले बाट नै यस्तो घरमा बसिरहेका रहेछौं” हातेय प्रदेशका निवासि हासामे यितिन कुरा सुनाउछन्
तर इर्जिन प्रदेशको कथा त्यति दुखःद छैन।
इर्जिन प्रदेशका भुतपुर्व मेयर तथा इन्जिनियर काजिम इर्ताफ भन्नु हुन्छ” यो प्रदेशमा छति नहुनुको कारण प्रष्ट छ यहा जग को माटो परिछण गरिन्छ र गैर कानुनि निर्माणलाइ यहा बर्जित गरिन्छ”
“हामी जहिले पनि मापदण्डको अत्याधिक मात्राको प्रयोगलाइ सिफारिस गर्छौ न्युनतम् हैन” भु पु मेयरले पुन: भन्नु भयो।
उहाँ थप्नु हुन्छ” अब भवन निर्माणमा नयाँ नियम को अझ आबस्यकता छ, जो पायो तेहि ठेक्दार बन्न पाउनु हुदैन, इन्जिनियर बिना ठेक्दारि गर्न पाउनु हुदैन, मानिसहरु आफ्नु जिबनको मुल्य तिरिरहेका हुन्छन्”
बढि छति बेहोरेको हातेय प्रदेशका स्थानिय बासि हासामेइतिन कारा पुनः ठेक्दार प्रति आक्रोशित हुदै भन्छन”हाम्रो सरकारले ठेक्दार र इन्जिनियर हरुलाइ कडा निर्देसन दिनु पर्दछ तिनिहरु हामिलाइ घर हैन पासो बनाएर दइरहेछन्”
टर्किस सरकारले मार्च पहिलो हप्ता बाट करिब ३००० नया भुकम्प प्रतिरोधि घर बनाउन सुरु गरि भुकम्प पिडित हरुलाइ १ बर्ष भित्रमा हस्तान्तरण गर्ने महत्वपुर्ण योजना अघि सारेको छ।
टर्किको हातेय प्रदेश जस्तै नेपालमा पनि इन्जिनियर बिना संचालित टोले ठेक्दार हरुको भरमा करोडौ लगानि गरि बनाइएका भवनहरु यत्रतत्र छन् ।कतै हामि बसिरहेको घर सुरछित घर नभएर पासो त हैन?




