नदिमा पानी सुकेपछी आजकाल मधेशमा माछा पाउनै मुस्किल हुन्छ । माछापालन गर्ने गरि किसानहरुले बनाएका पोखरीमा वाहेक माछा प्रायः नदिमा हुदैनन ।
जस्को प्रभाव पुर्ख्यौली माछा मारेर जिविकोपार्जन गर्दै आएका मुसहर र माझी जातीका पेशा परिवर्तन भएका छन ।
‘केही वर्ष अगाडीसम्म नदिमा कन्चन पानी पाइन्थ्यो, त्याहा साना देखि ठुला माछाहरु जालमा पारेर जिविकोपार्जन गर्थ्यौ आजकाल निक्कै सकस वनेको छ ।’ अंगत माझीले भने ।
माझीको घर सर्लाही स्थित गैरसिर्सामा पर्दछ । पहिले उनी सर्लाही कै मलगंवा र वागमती नदिमा माछा मारेर जिविकोपार्जन गर्थे । आजकाल नदिमा पानी सुकेपछी माछाहरु मात्र हैन पानी जमेका खाल्डा समेत देख्न निक्कै मुस्किल पर्दछ ।
परिणामस्वरूप गैरसिर्सामा बस्ने अंगत जस्तै ५० घर परिवारले अहिले पेशा परिवर्तन गरेका छन । आर्थिकरुपमा कमजोर हुने माझी र मुसहर समुदायका धेरैजसो वालवालिकाहरुले विद्यालय देख्नै पाउदैनन ।
केही बर्ष अगाडीसम्म छोराछोरीलाइ समेत माछा मार्न सिकाउने यो समुदायका धेरैजसो मानिसहरु अहिले बजार र चोकहरुमा कवाडी सामान उठाउने र संकलन गर्ने गरेको भेटिन्छ ।
अंगत माझीले पनि उहीँ पेशालाइ अवलम्बन गरेका छन । गैरसिर्सा देखि कवाडी सामान वटुल्न उनिहरुको ५ जनाको परिवार अहिले बर्दिबास आइपुगेको छ ।
उनिहरुले बर्दिबास स्थित माइस्थान सामुदायिक जंगलभित्र एउटा पाल टागेका छन अनि दिनभरी छोरा–छोरी सहित कवाडी सामानहरु वटुल्न हिड्ने गर्छन ।
‘यही पालभित्र अझै १५ दिन बस्नेछौ अनि केही पैसा बटुलेर घर फर्कन्छौ ।’ माझीले भने ।




माझीका २ छोरा र २ छोरी छन । माझीले विवाह गर्दा उन्की श्रीमती धनमती जम्मा १४ बर्ष कि थिइन । अहिले उमेरले धनमती २२ बर्ष भइन । २२ बर्ष कै उमेरमा ४ सन्तान जन्माइसकेकी धनमतीले पनि उहीँ कवाडी सामानहरु संकलन गर्ने गर्दछिन ।
‘जेठो छोरा लवलाइ हनहनी ज्वरो आएको छ । त्यसैले काम गर्न सक्दैन । २,३ दिन आराम गरेपछी उ पनि काममा जान्छ अनि सवै मिलेर पैसा कमाउछौ ।’ धनमतिले भनिन ।
अंगतको बुवाको नागरिकता थियो तर उन्ले सरकारी कार्यालयमा जानुपर्ने झन्झटिलोले भने नागरिकता नै वनाएनन । नागरिकता मात्र हैन उन्का कुनैपनी छोराछोरीहरुको जन्मदर्ता पनि छैन ।
सुरुमा अंगतले छोरीहरु बिन्दु र बुनियालाइ विद्यालय पठाए । तर विद्यालयले भर्ना गर्ने क्रममा जन्मदर्ता मागेपछी विद्यालय पठाउन नै छाडे । ञजन्मदर्ता गर्न पैसा लाग्ने र झन्झटिलो हुने भएकाले मैले जन्मदर्ता वनाउन नै गइन ।झ माझीले भने ।
माझी जस्तै असिक्षाका कारण छोराछोरीलाइ नपढाएपनी हुन्छ भन्ने मधेशमा ठूलो संख्या छ जस्ले सिक्षाको कमी कै कारण परम्परागत पुर्ख्यौली पेशालाइ नै खोजीरहेका छन ।
माछा नदिमा नपाएपनी यो माझी र मुसहर समुदायको लागी जीवन निर्वाहका अनेकौ बैकल्पित पेशाहरु हुन सक्छन तर माछा मार्ने जस्तै सहज र सरल पेशाको खोजी गर्दा उनिहरुको रोजाइ कवाडी सामान संकलन गर्ने वनेको छ ।
अंगत जस्तै महोत्तरीको गौशाला स्थित मलहनिया पोखरी वस्ने देखि लिएर बर्दिबासको नमुना वस्तिमा बस्ने धेरै जनालाइ जिविकोपार्जनको आधारभुत पेशा कवाडी सामान संकलन गर्नुलाइ बनाएका छन ।
पढनुपर्छ र जागीर गर्नुपर्छ भन्ने चेतनाको अभावमा यो समुदायका थोरैले मात्र पढाइलाइ निरन्तरता दिएका छन । ‘हाम्रो घर, गाउँ सिर्सियामा त कोहीपनी पढन जादैनन ।’ अंगतले भने ।
माझी भन्नासाथ माछा जोडिहालिन्छ । चलनचल्तीको भाषामा त माछा मार्ने मान्छेलाइ नै माझी भनिन्छ । यही उपनाम मुसहरसगँ पनि जोडिएको छ । कतिपय मुसहरले त आफ्नो थर माझी नै राख्ने गर्दछन ।
खोला र डोव्किलाहरुमा पाइने स–साना मसाने माछाहरुमा जाल थापेर विहान, वेलुका हातमुख जोडने माझी र मुसहरको पेशा परिवर्तन भएतापनी वैकल्पिक पेशामा खासै रमाउन सकेका छैनन ।
‘आहा पुरानो पेशामा कति मज्जा थियो ।’ अंगतले सम्झदै भने । ‘उहिले हामी घुमेर रातु नदिसम्म आइपुग्थ्यौ आजकाल रातु नदिमा कमिला हिडिराको हुन्छ ।’
पछिल्लो समय जलवायु परिवर्तनका असर महोत्तरी लगायत मधेशका ८ वटै जिल्लामा देखिदै गएको छ ।
जलवायुमा आएको उत्तारचढाव कै कारण माझी र मुसहर मात्र हैनन अन्य जातिका परम्परागत पेशा समेत बिस्थापन वन्ने अवस्थामा पुगेका छन ।
द नेपालटप राष्ट्रिय दैनिकवाट




