जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका मा रहेको मिथिला नगर बाल संजालले सडक नाटक प्रदर्शन गरेका छन्। शनिबार सोहि नगरपालिकाको वार्ड नं -४ पुष्पवलपुरस्थित सडक नाटक प्रदर्शन गरिएको हो ।
“जय बालबालिका जय बालमैत्री”



भन्ने मुल नाराका साथ समाजमा बालबालिकाको अधिकार र भेदभाव रहित समतामुलक समाज निर्माण गर्ने उदेश्यले सडक नाटक मार्फत् समय सान्दर्भिक अभिनय गरेका थिए। नाटकमा लागुऔषध प्रयोगकर्ताको आनीबानीले समाजमा र व्यक्तिगत जिवनमा पर्ने नकरात्मक प्रभाव बारे चित्रण गर्न खोजिएको थियो।
मिथिला नगरपालिका लाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका निम्ति नगर बाल संजालले विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ। सोहि सडक नाटक हेर्नका लागि सयौं को संख्यामा स्थानीय वासीहरुको उपस्थिति रहेको थियो। मिथिला नगर बाल संजाल ढल्केवर धनुषाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश को समन्वय मा सडक नाटक प्रदर्शन गरिएको कुरा मिथिला नगर बाल संजालका अध्यक्ष दिपेश कुमार सिंहले बताउनुभयो।









