जनकपुरधाम- नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले महासंघको नयाँ सदस्यता र नविकरणमा एकलौटी गर्न थालेपछि विवाद उत्पन्न भएको छ।
पत्रकार सँजीव झाको अनुसार शनिवार नेपाल पत्रकार महासँघ धनुषा शाखा कार्यालय भवन देखि केही दुरीमा रहेको जनकपुरको एक होटेलमा आयोजना गरिएको बैठकमा सदस्यता वितरण तथा नविकरणको लागि अध्यक्ष झाले एकलौटी गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।



अध्यक्ष झाले आफूलाई कुटपिट समेत भएको आरोप लगाएका छिन् यद्यपी उनि माथि कुनै कुटपिट नभएको पत्रकार संजिव झाले जनाएको छ।
अध्यक्ष झाले आफ्ना पार्टी निकट पत्रकार, संगठन निकट पत्रकारहरुलाई मात्र नयाँ सदस्यता दिने र नविकरण गरी अन्य दल निकट पत्रकारहरुलाई सदस्यता नदिन खोजेपछि विवाद भएको सोही बैठकमा सहभागी पत्रकार संजिव झाले बताए ।
महासंघकै पत्रकार झाका अनुसार, उनले आफू निकट पत्रकारहरुलाई भोँट बैँक बनाउन सदस्यता दिने तर, अन्य पदाधिकारी नजिकका पत्रकारहरुलाई सदस्यता दिन आनाकानी गरेपछि विवाद मात्र भएको बताए । उनले अध्यक्ष झालाई कसैले कुटपिट नगरेको बताउँदै नाटक मात्र गरेको बताए ।
उनले भने, -“उनलाई कसले कुटछ र, समान्य विवाद चैँ भएको हो, तर कसैले कुटपिट भने गरेको होईन । उनी नौटंकी गरेकी हुन ।यो उनको नाटक मात्र गरेको छ ।”
पत्रकार झाले, पत्रकार महासंघ धनुषा शाखाको आफ्नै भवन, आफ्नै मिटिँग हल हुँदाहुँदै होटलमा कार्यक्रम किन गरेको भन्नेमा समेत विवाद भएको बताए ।
यस सन्दर्भमा महासंघकै एक पदाधिकारीले उनलाई कार्यसमितिका सदस्य संजय साहले हात समातेर तानिदिएको आरोप लगाए। बैठकको माइन्यूट खोसाखोस हुन थालेपछि अध्यक्ष झाले समातेको माइन्यूट साहले खोस्न खोजेपछि हातमा चोट लागेको बताए । उनको हातमा अधिक दुःखाई भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको ईमरजेन्सी वार्डमा भर्ना गरिएको बताईएको छ ।
तर महासंघका कै कार्यसमिति सदस्य राहुल सिंहको अनुसार कार्यसमिति कै अर्का सदस्य बिनोद महतोले फर्जी माइन्युट खडा गरेर जथाभावि गर्न लागेपछि अर्का सदस्य संजय साहले महतोको हातबाट खाेसेको हो नकि अध्यक्ष झाको हातबाट खोसेको बताए । उनले अध्यक्ष झा र संजय बीच त्यस्तो कुनै किसिमको खोसाखोस नभएको र हात समातेर तानेको आरोप पनि झुठो भएको बताए। सिंहले अध्यक्ष झाले आफू महिला भए कै कारण फाइदा उठाएर नाटक गरेको जनाए।
नयाँ सदस्यता वितरण, सदस्यता नविकरणको लागि अध्यक्ष झाले राजनीतिक दलको लगाव, आफूप्रतिको लगावको हिसाबले एकलौटी गर्न खोजेपछि विवाद भएको सदस्य सिंहले जानकारी दिए।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत समान्य विवाद भएको तर, घाईते नै भएको भन्ने कुरा कुनै जानकारी नरहेको प्रष्टयाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले कुटपिट वा घाईतेको कुनै सूचना नरहेको बताउँदै समान्य विवाद भएको जानकारी रिपोर्ट गरे ।




