कृष्ण राज गिरी/भैरहवा
नेपाल भारत सिमा नाका रुपन्देही को बेलहियामा भैरहवा भंसार कार्यालयले नाकालाई थप व्यवस्थित गर्दै भारतिय सिमावर्ति बजारबाट सामान खरिद गरेर आउने सबैलाई अनिवार्य जेकजाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिएको छ।



भैरहवा भंसार कार्यालयले सुचना जारी गर्दै ‘ रु १०० भन्दा बढी मुल्यको मालसामान लिएर नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथ मा ल्याएको मालसामानहरुको भंसार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान’ सुचित गरेको छ। अन्यथा घोषणा नगराई लगिएको मालसामान भंसार परिसर भन्दा बाहिर लगेको पाइएमा भंसार ऐन, र०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने थप जानकारी गराएको छ।
भैरहवा भंसार को यो निर्णय को भारतिय बजार वाट सामान लिएर फर्किनेहररु ले विरोध जनाएका छन् । ओमसतिया गाउँपालिका-४ का गोकुल लिम्वु ले ‘ सामान्य घरायसी सामान लिएर आउँदा पनि भंसार महसुल लाग्नु गलत हो , २-४ पैसा सस्तो मा सामान किन्न जानु अपराध नभएको ‘ उनले भने । भंसार लिने नै भए रु १०० मा केहि पनि नआउने समय अनुसार मुल्य तोकिनु पर्ने र भंसार महसुल अत्याधिक महँगो भएकोले त्यो पनि कम गर्नु पर्ने थप आफ्नो भनाई राखे ।
भारतिय सिमावर्ती बजार सुनौली मा भैरहवा भंसार कार्यालयको निर्णय को असर वारे जानकारी लिदाँ सुनौली बजार मा ब्यापार मा केहि गिरावट आएको देखियो। सुनौली का ब्यापारी हरु ले रोटी बेटी को संवन्ध भएको देश ले यसरी घराएसी सामान लियर जादाँ पनि भंसार लिनु गलत भएको र आफ्नो ब्यापार मा असर गरेको भनाई राखे ।भैरहवा भंसार को कडाई भएपछि खरिदारी गएर गएका हरु पनि भंसार महसुल महँगो भएको भनि सामान पसल मा फिर्ता गरेको पाईयो ।
भैरहवा, बुटवल र आसपास को क्षेत्र वाट दैनिक हजारौं नेपाली भारतिय बजार सुनौली र नौंतनवा गई बजार गरी कुनै रोकटोक विना नेपाल प्रवेश गर्दा नेपाली बजार विस्थापित हुन लागेको भन्दै स्थानिय व्यापारीहरु ले विरोध गर्नु को साथै भैरहवा भंसार कार्यालयलाई सिद्धार्थ उध्योग वाणिज्य संघले सिमा नाका व्यवस्थित गरिदिन भनेर ज्ञापन पत्र बुझाएको थियो ।




