महोत्तरी- औरही नगरपालिका १ औरही बजारमा रहेको स्वास्थ्य चौकी औरहीबाट विहिवार देखि जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को शुभारम्भ भएको छ । मधेश प्रदेश सरकार र औरही नगरपालिकाको सहकार्यमा स्थापित सो प्रयोगशाला (ल्याब)बाट CBC, RFT,LFT, L PROFILE , WIDAL , MALARIA , SUGAR , RA FACTOR , ASO लगायतका परीक्षण (जाँच) गरिने कुरा ल्याब टेक्नीशियन सरोज कुमार साह र रवि चौधरीले जानकारी दिएको छ ।
प्रयोगशाला (ल्याब)को स्थापनाले औरही नगरपालिका बासि लगायत यस क्षेत्रका जनताहरु खुशी र हर्सित भएका छन। प्रयोगशाला (ल्याब) नहुदा बाहिर गाने गरेका थिए त्यहा महगो पनि हुने र बढी पैसा लिने गरेका थियो र गाडी भाडा तिरेर जानुपर्ने पनि बाध्याता रहेको थियो अब आफ्नै औरही नगरपालिकामा प्रयोगशाला (ल्याब) संचालनमा आएपछि स्थानीय मंजु यादव खुसि भएकी छिन। यसै बीच सो प्रयोगशाला (ल्याब)को एक कार्यक्रम बीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरत सिंह भण्डारी र औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।



मन्त्रि भण्डारीले प्रयोगशाला (ल्याब) स्थापनाले स्वास्थ्य क्षेत्रमा औरही नगरपालिकाका जनता लगायत यस क्षेत्रका जनतालाई सहयोग पुग्ने भन्नु भयो । औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले प्रदेशबाट प्राप्त आधुनिक प्रयोगशाला (ल्याब) संचालन सामग्रीले स्वास्थ्य क्षेत्रमा औरही नगरपालिका अगाडि बढेको भन्नु भयो ।
औरही नगरपालिका वड़ा १ का वड़ा अध्यक्ष युगी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद जौलुन रईन,प्रदेश सांसद प्रमिता प्रधान,जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण,औरही न.पा. उप-प्रमुख रेणु झा, औरही नगरपालिकाका वड़ा अध्यक्षहरू,औरही नगरपालिका स्वास्थ शाखा प्रमुख चन्द्र भुसन ठाकुर,स्वास्थकर्मीहरु,लोसपा नगर संयोजक,नेकपा माओवादी पार्टीका प्रदेश कमिटि सदस्य,नेकपा एमालेका नेता,समाज सेवी लगाय स्थानीयहरुको सहभागिता रहेको थियो ।












