गएर सोध आमालाई
कति कष्ट
कति दुख
गरेर जन्मायो तिमीलाई।।
म समाजमा घृणित हुन्छु पितृसत्तात्मक बिचारले ।
घरेलु हिंसाको सिकार भए आफ्नै परिवारले ।।



जहाँ सफा कपडा वा स्यानिटरी प्याडको आवश्यकता पर्छ ।
त्यहाँ बर्षाै पुराना प्रयोग बिहिन भुल्ला ,थाग्ना र साडीहरु प्रयोग गर्न दिइन्छ।।
जुन अवस्थामा तातो रस फलफूल खाएर आराम गर्नु पर्ने हो।
,त्यस बेला फलफूलका रुख छुन दिइदैन न त आगो ताप्न दियो।।
म पेट दुखेर छटपटाइ रहँदा जुन भगवानको नाम जप्थे ,त्यहि भगवानलाई पुज्न मलाई अनुमति छैन।
संसार हाक्ने हिम्मत बोकेकि महिलालाई गर सम्मान
महिनावारी स्वच्छता सम्बन्धि हाम्रो पनि हो अभियान ।।
महिनावारी सम्बन्धि कुरा राख्न नदिदाँ
कतिपयले गुमाउँछन् आफ्नो जान ।
महिनावारी सम्बन्धि विधालयमा दिदैनन् ज्ञान।।
त्यसैले अन्तर्राष्ट्रिय जगतमा छैन यस सम्बन्धी कुनै पहिचान
यो सारा नेपालीको हो ठुलो अपमान
त्यसैले हामी नेपाली समुदाय छौ बदनाम।।
मैले खोजिरहे ति महिलालाई
जसले बढायो , नेपालको सान ।
सर्वाेच्च शिखर सगरमाथा चढेर बनायौ सबै महिलाको पहिचान ।।
यौन तथा प्रजनन सम्बन्धी विषय आउँदा नहाँस्नु है तिमीहरु।
त्यहिँ यौन र प्रजनन् स्वास्थ्य भएर जन्मिन सकेका छौं तिमीहरु।।
कुनै महिला महिनावारी नभए ,कसरी चल्छ संसार।
हामी त महिनावारी हुन्छौ ,चलाउनको लागि संसार ।।
तिमीहरुकै लागि महिनावारी र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी हाम्रो पनि पनि सरोकार।
हामी खोज्दै जाँदा संविधान मा पनि पाउँछौ,महिलाको अधिकार ।।
संविधानको धारा ३८ हो महिला को अधिकार।
तब पनि समाजमा हुन्छ महिलाको बलत्कार।।
देशको अर्थतन्त्र ढुवाएर नेताले गरेछन् देशको बलत्कार ।।
महिलाको बलत्कार हुँदा मिडियाले पनि नोची नोची गर्छन् बलत्कार
अनि अधिकार्मीहरु अधिकार अधिकार गर्दै गर्दा पनि महिलाले पाउदैनन् महिला अधिकार ।। जय महिला,जय नारी ।।
-दिवेश कुमार महतो




