मधेश प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बिरेन्द्रपसाद सिंहले प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्य क्षेत्रमा देखिने गरी सुधार ल्याउनका लागि अहोरात्र खटेका छन् ।
प्रदेशको ८ वटै जिल्लास्थित अस्पतालहरुको अध्यन थालेका मन्त्री सिंह सरप्राईज अनुगमनमा पुग्ने गरेका छन् । केहीदिन पहिलामात्र महोत्तरीको जलेश्वर अस्पतालमा राती अनुगमन गर्न उनि आफै पुगका थिए । ज्ञातव्य छ की उक्त अनुगमन भन्दा केही समय अगाडीमात्र मन्त्री सिंहले जलेश्वर अस्पताललाई १०० बेडमा स्तरोन्नति गरेका थिए । अन्य जिल्लाहरुमा अवस्थित २५ बेडका प्रादेशिक अस्पतालहरुलार्इ १०० बेड पुर्याइएको थियो ।



स्वास्थ्य मन्त्री सिंहले सुरु गरेको छडके अनुगमको प्रभाव देखिन थालेको छ । जलेश्वर लगायत अन्य अस्पतालमा कार्यरत प्रशासक र चिकित्सकहरुले यसबाट आफूहरु थप गम्भिर हुनेमा विश्वस्त छन् । मन्त्री स्वेम प्रदेशवासीको स्वास्थ्य सेवा चलायमान बनाउन खटिन थालेपछि आमजनतामा समेत खुसियाली छाएको देखिन थालिएको छ । मधेश प्रदेशका सरकारी अस्पतालहरु नै बिमार रहेको देखिन्छ । अस्पतालमा चिकित्सक भए उपकरण नहुने । उपकरण र डाक्टर भएको अस्पतालमा भौतिक संरचना रुग्न छ । सबै साधन श्रोत भएको अस्पतालमा व्यवस्थापन अभावमा भद्रगोल छ । मधेश प्रदेशको सरकारी अस्पतालहरुमा स्वास्थ्यकर्मी, उपकरण, भौतिक संरचना र व्यवस्थापनबीच तालमेल नमिलेको भनी उनको अध्यनको ठहर छ ।
केहीदिन पहिला मात्र इण्डो-नेपाल डाक्टर एसोशिएसनले अयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहले स्वास्थ्यसम्बन्धी सेवा लिन भारत जाने नेपाली नागरिकलाई भारतीय नागरिकजस्तै स्वास्थ्यसम्बन्धी सेवामा सविधा दिने वातावरण बनाउन भारत सरकारसँग आग्रह गर्नुभयो ।
स्वास्थ्यको बिभिन्न सूचकमा कमजोर देखिएको मधेश प्रदेशमा बसोबास गर्ने नागरिकका लागि स्वास्थ्य मन्त्री सिंहले आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रममा ती विषयवस्तुलाई सम्बोधन गर्नेगरी निम्न योजनाहरु समावेश गरेका छन् ।
१. प्रदेशमा संचालित बृद्धाश्रम, बालगृह, मानव सेवा आश्रममा रहेका असहाय व्यक्तिहरुको स्वास्थ्य परिक्षण र उपचारका लागि घुम्ती स्वास्थ्य सेवा संचालनमा ल्याइने ।
२. जेष्ठ नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरुमा बिरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश तथा स्थानीय तहका ल्याबहरुमा निशुल्क परिक्षण गरिने छ ।
३. मधेश प्रदेश सरकारले ६० वर्ष माथिको नागरिकलाई आँखा, दाँत र कानको निशुल्क चेकजाँ गरिने व्यवस्था मिलाउने भनिएको छ ।
४. ब्लडप्रेशर, डाइबिटिज तथा अन्य नसर्ने रोग Non Communicable Disease (NCD) को प्राथमिक परिक्षण तथा सचेतना वृद्धिका लागि पालिकाहरुसँग सहकार्यमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिनेछ ।
५. ६ वटा जिल्लामा रहेका प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ सेवा संचालनमा ल्याउन फिजियोथेरापी र डाइलसिस लगायतका सेवाहरु संचालन गरि १०० बेडको अस्पतालमा परिणत गरिनेछ र सिराहा जिल्ला स्थित प्रादेशि अस्पताल सिराहालाई १५० बेडमा र धनुषाको डुमरिया, पर्साको पोखरिया, सप्तरीको भारदह, सर्लाहीको बरहथवा अस्पतालहरुलाई ५० बेडमा स्तरोन्नति गरिने भएको छ ।
६. स्वास्थ्य सेवालाई थप विस्तार गर्न आर्युवेद, योग, होमियोप्याथी तथा अन्य बैकल्पिक उपचार पद्धतिको बिस्तार गर्दै त्यसको लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ सेवाको व्यवस्था गरिने भनिएको छ ।




