जनकपुरधाम- मधेश प्रदेशमा छैटौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ ।
प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंह र गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमलाई दिइएको छ।




दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
समिम सप्तरी क्षेत्र-३ ’क’ निर्वाचित हुन् भने सिंह महोत्तरी क्षेत्र ३ ख का समानुपातिक सांसद सभा सदस्य हुन् ।

मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो । यो सँगै मन्त्रिपरिषदले पूणर्ता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छन् ।





