महोत्तरी- सम्सी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा सम्सी गाउँपालिका वडा नं. २ बस्ने ७५ वर्षीय ईद्रिष मोहिम रहेको प्रहरीले जनाएकाे छ। सोही ठाउँ बस्ने ४५ वर्षीय शेष आलम गम्भिर घाइते भएका छन् । उनको शरिरको बिभिन्न भागमा चोट लागेको छ।



शुक्रवार सम्सी गाउँपालिका वडा नं. २ पर्सा स्थित सम्सी गौशाला सडक खण्डमा स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडको साईडमा रहेको ( गुम्ती ) किराना पसलमा ठक्कर दिदाँ उनिहरु दुबै जना घाईते भएका थिए । घाइतेहरुलाई जानकी एकेडेमी हस्पिटल पर्सा रामगोपालपुरमा उपचारको लागि भर्ना गरिएकोमा ईद्रिष मोहिमको उपचारको क्रममा मृत्यु भएको र शेष आलमको उपचार भइरहेको छ।
ट्याक्टर चालक सोनमा गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षीय लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक र ट्याक्टर अहिले प्रहरी चौकी सम्सीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।




