भैरहवा- गौतम वुद्द को जन्मस्थल लुम्बिनी वाट काठमाडौं जादैं गरेको पर्यटक बस वाट साउन २५ गते प्रहरी ले नक्कली नेपाली नोट बरामद गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा वाट खटिएको प्रहरी टोली ले नगढुङ्गा चेकप्वाइन्ट मा लु.१.प ५ नं को हरियो प्लेट को पर्यटक बस वाट चेक जाँच गर्ने क्रम मा नक्कलि नोट बरामद गरेको हो। नक्कली नोट ३५ लाख ७३ हजार रहेको र बस को ढोकाको साइडको समान राख्ने डिक्की मा याप गरी राखिएको चाउचाउको कार्टुन मा बरामद गरिएको प्रहरी ले जनाएको छ।
नक्कली नोट बरामद गरिएको बस को चालक र सह-चालक लाई प्रहरी ले नियन्त्रण मा लिई थप सोधपुछ गर्दा उक्त कार्टुन लुम्बिनी बसपार्क मा एक जना ले अचार भनि दिएको र काठमाडौं बसपार्कमा रिसिभ गर्ने मानिस आउँछ भनि पठाएको बताए। प्रहरी ले चालक र सह-चालक लाई लिई कार्टुन बुझ्न आउने को थप अनुसन्धान गर्दा काठमाडौं गोंग्वु बसपार्क र भक्तपुर जिल्ला को चागुनारायण न.पा वडा नं. ४ बुढाथोकी गाउँ वाट थप १७ लाख २ हजार नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी काठमाडौ ले जनाएको छ। थप बरामद गरेको नक्कली नोट सहित प्रहरी ले कुल ५२ लाख ७५ हजार नेपाली नक्कली नोट बरामद गरेको छ।




नक्कली नोट सहित पक्राउ पर्ने मा सिन्धुपाल्चोक कोठे ९ का शुशिल कार्की, सिन्धुपाञ्चोक वलेफी गाउंपालिका वडा नं.७ का अर्जुन सुबेदी, सिन्धुपाल्चोक सुनकोशी वडा नं.६ का शिवभण्डारी, मिलन भण्डारी र कृष्ण भण्डारी रहेका छन्। साथै झापाकमल गाउँ पालिका वडा नं. ३का युवराज राई, अछाम मेल्लेख गाउँपालिका वडा नं.३ का अर्जुन वुढा ,गुल्मी वाडागाउँ गाउँपालिका वडा नं.२ का सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका वडा नं. १ की पार्वती नेपाली रहेकी छिन् । निजहरु सित नक्कली नोट लगाएत नक्कली नोट छाप्न प्रयोग हुन सक्ने जस्तो देखिने कम्प्युटर को पुरै सेट, प्रिन्टर मसी, पेपर कटिगं मसिन लगायत अन्य सामग्री र ४ थान मोटरसाईकल र १२ थान मोवाईल पनि बरामद गरिएको छ।

पक्राउमा परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद -२२ को मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ।




