काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–१, चालिसेस्थित छहरेबाट त्रिशूली नदीमा बस खसेको छ ।
काठमाडौंबाट पश्चिम जाँदै गरेको बस आज बिहान ११ बजेको समयमा त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ ।



बसको नम्बर खुलेको छैन । अहिले उद्धारकार्य चलिरहेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।




