India’s Ravindra Jadeja (C) celebrates with teammates after taking the wicket of Nepal’s Kushal Malla (not pictured) during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)
एसिया कपमा नेपाल र भारतबीचको खेल साढे १० बजे सुरु हुने भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।
खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।



पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो ।




