महोत्तरी- लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीलाई आफ्नो गृह नगर औरही नगरपालिकामा भब्य स्वागत गरिएको छ ।




लोसपाका औरही नगरपालिका यूवा नेता दरेश यादव लगायत पार्टीको कार्यकर्ताहरुले नेता सिंहलाई स्वागत गरेका हुन् ।

सो अवसरमा औरही नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष राजकिशोर चौधरी, लोतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक शंकर यादव , सुशील साह, शम्भु साह, स्थानीयहरु लगायतका लोतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी नेता सिंहले औरही नगरपालिकामा विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश समेत गराएका थिए ।

औरही नगरपालिकाको विभिन्न वडामा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ व्यक्तिहरुले पार्टी प्रवेश गरेका हुन् ।




