महोत्तरीको गौशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई निषेध गरिएको छ ।
मंगलवार नेकपा माओवादी केन्द्रले गौशालामा आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएको हो।



कार्यक्रम हलमा प्रवेश गरिसकेका पत्रकारहरुलाई कार्यक्रम सञ्चालकको भूमिकामा रहेका माओवादी नेता विश्वनाथ साहले पत्रकारलाई सम्बोधन गर्दै बाहिर निस्किहाल्न आग्रह गरेका थिए । ‘फोटो खिचिहाल्नु भयो । अब सबै पत्रकारहरु बाहिर जानुस्,’ कार्यक्रम सुरुहुनु अघि नेता साहले माइकमा बोल्दै भने ।
यता प्रधानमन्त्री सहभागी कार्यक्रमको समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् ।




