भैरहवा- रुपन्देही को तिलोत्तमा नगरपालिका ले घुम्ति रुपमा पेशा व्यवसाय संचालन मा रोक लगाएको छ। तिलोत्तमा नगरपालिका क्षेत्र भित्र व्यवसाय दर्ता गरी या नगरी साईकल, रिक्सा तथा ठेला जस्ता साधन हरु को प्रयोग गरि नयाँ भाडाकुडाँ राखी कवाडी समान सँग साटफोर गर्ने, वहुमुल्य गरगहाना सफा गर्ने, गलैचा कपडा लगायत अन्य दैनिक आवश्यक्ता का समान वेच्ने जस्ता कार्य भईराखेको जनगुनासो आएको भन्दै सम्पुर्ण त्यस्ता कार्य हरु वन्द गर्न भनेर नगरपालिका ले सोमवार सुचना जारी गरेको छ।

तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खाण द्वारा जारी गरिएको सुचना मा सम्वन्धित निकाय वाट अनुमति लिएर निश्चत घर, पसल, या हाटवजार मा व्यवसाय संचालन गर्न सबै लाई छुट भएको तर घुम्ति रुपमा व्यवसाय गर्दा निश्चित स्थान मा वसि व्यवसाय गर्ने व्यवसायी लाई मर्का पर्ने ,ठगी धोका हुन सक्ने र साथै नगर को सौन्दर्यता लगायत शान्ति शुरक्षा मा समेत खलल पर्न सक्ने भएको ले घुम्ति पेशा संचालन गरेको पाईएमा कार्वाही गरिने जनाईएको छ।




