भैरहवा- काठमाण्डौ को विभिन्न स्थानमा अमेरिकन डलर साट्ने भनि प्रलोभनमा पारी समुहमा आई लुटपाट गर्ने आठ जना लाई प्रहरी ले पक्राउ गरेको छ।

काठमाण्डौको बिभिन्न स्थानमा अमेरिकन डलर साट्ने भनि डलर देखाई पैसा लुटपाट गर्ने गिरोह सक्रिय रहेको छ भन्ने प्रहरी लाई जानकारी प्राप्त भए सँगै जिल्ला प्रहरी परिसर, काठमाण्डौ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिभिन्न मितिमा आठ जना लाई पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान भई रहेको प्रहरी ले जनाएको छ।



पक्राउ पर्ने मा धादिङ का खड्क बहादुर तामाङ, मोरङ का अशोक लिम्बु , वाह्रबिसे का राम बहादुर लामा , रिसंगु गाउँपालिका का सुब्बा तामाङ, काठमाडौं तारकेश्वर का चन्द्र बहादुर तामाङ , बाह्रविसे का रेल वहादुर तामाङ, देवराज तामाङ र कृष्ण कुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ। निज हरु सित वाट प्रहरी ले सक्कली अमेरिकन डलर ५० को १६ थान, राहदानी २ थान ,तिलहरी १ थान र बा ३८ प ६१३२ को प्लेजर स्कुटर १ थान रहेको जनाईएको छ।




