काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस आज राति दाङमा दुर्घटना भएको छ ।
अहिले उद्दार कार्य चलिरहेको छ ।भे १ ख ३९१२ नम्बरको रात्रिबस दाङको भालुवाङमा पुलबाट तल खसेर उत्तानो परेको प्रहरीले जनाएको छ ।
अहिले बसबाट यात्रुलाई निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
उद्दार चलिरहेकाले दुर्घटनामा भएको क्षति यकिन हुन केही समय लाग्नेछ ।


