महोत्तरी। महोत्तरी जिल्लाबाट काठमाडौं स्थित एपिवन टेलिभिजनका लागि काम गर्दै आउनुभएका पत्रकार नविन चौधरी बिहीबार सम्मानित एवं पुरस्कृत हुनुभएको छ ।
एपिवन टेलिभिजनले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै महोत्तरी जिल्लाका संवाददाता चौधरीलाई देशको ७७ वटै जिल्लामा उत्कृष्ट संवाददाता घोषणा गर्दै उहाँलाई सम्मानित एवं पुरस्कृत गरेको छ ।
विगत २ वर्षदेखि एपिवन टेलिभिजनमा महोत्तरी जिल्ला संवाददातको रुपमा काम गर्दै आउनुभएका पत्रकार चौधरी आफ्नो समाचार र खोज पत्रकारिताको लागि देशमै चर्चित रहनुभएको बेला उहाँ उत्कृष्ट संवादाताको रुपमा सम्मानित एवं पुरस्कृत हुँदा उहाँलाई बधाई दिनेको ओइरो लागेको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यसमिति सदस्य समेत रहनुभएका पत्रकार चौधरीलाई एपिवन टेलिभिजनले देशकै उत्कृष्ट संवाददातको रुपमा सम्मानित एवं पुरस्कृत गरेकोप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।



साथै जिल्ला तथा देशकै विभिन्न कुना काप्चामा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारहरुबाट अहिले पत्रकार चौधरीलाई बधाई दिने क्रम जारी रहेको छ ।




