जनकपुरधाम – धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको सहिदनगर नगरपालिका –७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको कहो ।उनको शव कमला नहरमा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो घरमा पारिवारिक विवाद भएपछि निस्केका उनी साँझ सात बजेतिर छोराले फोन गर्दा फोन लागेन । रातिदेखि नै खोजविन गरिएको थियो ।



आज बिहान बिहान शौच गर्न गएका मान्छेले शव देखेर गाउँमा खबर गरेका थिए ।उनको शरीरमा कुनै घाउचोट समेत नदिएको प्रहरीले जनाएको छ।
ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।




