महोत्तरी- औरही नगरपालिका २ स्थित श्री प्रसाद सिंह मावि बिधालय औरही नैनी गौरी बिधालयलाई नमुना बिधालयमा रुपान्तरण गर्नको लागि काम शुरु भएको छ। संघीय सरकारबाट नमुना बिधालयमा छनौट भएको गत आव २०७९-८० मा यस विद्यालयलाई नमुना बिधालय अन्तर्गत बिज्ञान प्रयोगशाला र पुस्तकालयका भवन सहित करिब १ करोड ४८ लाख ३३ हजार ५ सय ४८ रुपैयाँ ९४ पैसा को लागतमा ७ कोठे दुई तल्ले भवन निर्माण कार्य शुरु थियो । भवनको काम अन्तिम चरणमा पुगिसकेको बिधालय प्रशासनले जनाएको छ।

शुक्रवार सोहि बिधालयमा औरही नगरपालिका नगरप्रमुख प्रदिप कुमार खड्काले नयाँ प्रशासनिक भवनको लागि पनि शिलान्यास गर्नु भएको छ ।नगरप्रमुख खड्काले बिधालयको नयाँ प्रशासनिक भवन चालु आर्थिक बर्ष ८०/८१ मा नमुना बिधालय अन्तर्गत नयाँ प्रशासनिक भवन करिब २ करोड २२ लाख ९० हजार ६ सय ३९ रुपैयाँ ३९ पैसा को लागतमा तिन तल्ले भवन निर्माणको लागि काम शुरु गर्न शिलान्यास भएको बताउनुभयाे ।




औरही नगरपालिकाको नगर उपप्रमुखका अनुसार देव विष्णु कन्स्लट्यान्सी प्राइभेट लिमिटेड निर्माण कम्पनीले १० महिना भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरि भवनको ठेक्का भएकोछ। ‘पहिलो वर्ष तिन तल्ले पक्की भवन निर्माण हुने भएको छ, ‘नगर उपप्रमुख झाले भने, केहि महिना अगाडी बिज्ञान प्रयोगशाला र पुस्तकालयका भवन निर्माण सुरु भएको भवन अन्तिम चरणमा रहेको बेला अहिले बिधालय लाई प्रशासनिक भवनको आवश्यक्ता भएको कारण प्रशासनिक भवनको निर्माण अघि बढाइएको बताए ।’

नगरप्रमुख खड्काले बिधालयको अवस्था सुधार गर्न र दिवा खाजामा पौष्टिक खाना खुवाउन प्रधानध्यापकलाई निर्देशन समेत दिनु भएको छ । नगरप्रमुख खड्काले औरही नगरपालिकाका सबै कार्यालयमा बेला बखत छड्के अनुगमन समेत गर्ने गर्नुहुन्छ।







