दिपेश मल्लिक,धनुषा – धनुषा जिल्लाको धनौजी गाउंपालिकामा वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कूलद्वारा ४ दिने मिथिला चित्रकला तालिम सञ्चालन भएको छ । विद्यार्थीभाइबहिनीहरुका लागि मिथिला चित्रकला तालिमको आयोजना शनिवार देखि गरिएको हो । धनौजी गाउंपालिकाकी उपाध्यक्ष रामबती मण्डलले मिथिला चित्रकला तालिमको आयोजनाले विद्यार्थीभाइबहिनीहरुमा दक्षता अभिवृद्धि हुनुको साथै सिर्जनशील र रचनात्मक सोचको विकास हुने बताए ।
उपाध्यक्ष मण्डलले विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान संगै आत्मविश्वास बढ्ने ध्यानाकर्षण गराए । उनले सामूदायिक तथा संस्थागत विद्यालयमा बालबालीकाे क्षमता बिकासका लागि अतिरिक्त क्रियाकलापहरु हुनु जरुरीरहेका बताउंदै पालिकाद्वारा सहयोग गरिने प्रतिबद्धता गरे । उनले विद्यार्थीहरुका शारीरिक, मानसिक, सामाजिक, सिर्जनशील र रचनात्मक विकास गर्न चित्रकला, बादविवाद, हाजरीजवाब, गीत-संगीत आदि कार्यक्रमहरु समय-समयमा हुनुपर्ने बताए ।




ज्ञान ज्योती ई. बोर्डिङका स्कूकका ब्यवस्थापक तथा प्रिन्सिपल दिपेन्द्र कुमार मण्डलले विद्यार्थीहरुका प्रतिभा उजागर गर्नका लागि निशुल्क तालिमको ब्यवस्था गरिएकाे बताए । ब्यवस्थापक तथा प्रिन्सिपल मण्डले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरुका लागि मिथिला चित्रकला तालिमको ब्यवस्था विद्यालयद्वारा गरिएको जानकारी दिए । उनले शिक्षा योजनामा अतिरिक्त क्रियाकलापलाई पाठ्यपुस्तकमा अनिवार्य गराउनुपर्ने धारणा राखे ।
उदघाट्न कार्यक्रममा धनाैजी गाउपालिका लाेसपा अध्यक्ष उपेन्द्र मंडल, वडा नं. ४ का वडाध्यक्ष रामसाेभित मण्डल, वडा सदस्य राेशन मिश्र, पुर्व वडाध्यक्ष रामदुलार मण्डल , महिला प्रशिक्षक सुर्जकला साह लगायतका उपस्थिति रहेका थिए ।




