महोत्तरी – मटिहानी नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाद्वारा बस स्टेण्ड (हुलाक कार्यालय)अगाडि रहेको मटिहानी नगरपालिका वडा नम्बर-७ मा ९ महिना देखि १५ वर्ष मुनीका बालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप सञ्चालन अभियान कार्यक्रम सुरु गरिएको छ।
आज मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले निरीक्षण तथा अनुगमन गर्नु भयो ।दादुरा रुबेला रोगबाट हुने अपाङ्ता तथा मृत्यूबाट बचाउन नजिकको विद्यालय/खोप केन्द्रमा गई बालवालीकाहरुलाई दादुरा रुवेला खोप लगाउन हुन जनसमुदायमा नगर प्रमुख हरि प्रसाद मण्डलले आग्रह गर्नु भएको छ ।



दादुरा रुवेला विरुद्धको खोप अभियान फाल्गुन १३ गते देखि फाल्गुन १९ गतेसम्म सञ्चालन हुने कुरा स्वास्थ्य तथा सामाजिक विकास शाखा उप-प्रमुख नागेश्वर पाण्डेयले बताउनु भयो ।




