भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु सोमवार बरामद गरेको छ ।
बरामद गरिएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ३ लाख ३३ हजार ८ सय ५० रहेको र सम्पुर्ण सामान हरु लाई थप आवश्यक कार्वाही को लागि पशु क्वारेनाईन र भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं ४ सुगरमिल वाट ३४ हजार ५०० मुल्य वरावर को ६९० के.जी प्याज, रोहीणी गाउँपालिका वडा नं ७ अमवा वाट लु ४७ प ५८७५ नम्वर को मोटरसाईकल वाट रेडवुल, चिनी,सर्फ लगायत को अन्य सामान हरु अनुमानित मुल्य मोटरसाईकल सहित ९८ हजार २ सय र सोही गाउँपालिका को बोधवार वाट यु पि ५३ वाई ३६२१ नम्वर को भारतिय मोटरसाईकल वाट बोईलर कुखुरा अनुमानित मुल्य मोटरसाईकल सहित ६४ हजार को बरामद गरेको जनाईएको छ।
ईलाका प्रहरी कार्यालय मझगावाँ वाट खटिएको प्रहरी टोली ले मायादेवी गाउँपालिका वडा नं ६ शिवपुर गोनाहा वाट लु ३ प ९३८७ नम्वर को मोटरसाईकल वाट अनुमानित मुल्य मोटरसाईकल सहित ७२ हजार को, ईलाका प्रहरी कार्यालय कदमहवा वाट खटिएको प्रहरी टोली ले कोटहिमाई गाउँपालिका वडा नं ४ वाट ४२ हजार ७ सय ५० मुल्य को २८५ जोर जुत्ता चप्पल र प्रहरी चौकी दबेथुमुवा वाट खटिएको प्रहरी टोली ले सम्मरीमाई गाउँपालिका वडा नं ५ तरैनी वाट लेडिज कुर्ता १८ थान र पर्दा ११ थान अनुमानित मुल्य १९ हजार ४ सय को बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।




