औरही (महोतरी )- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको औरही नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गरिएको छ।
औरही नगरपालिका २ स्थित औरही नगर कार्यसमितिको पार्टी कार्यालय उद्घाटन शनिवार जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण र औरही नगरपलिकाको नगर प्रमुख प्रदिप कुमार खड्काले संयुक्त रुपमा रिबन काटेर गरेका हुन् । लोसपा अब आगामी दिनमा जिल्लामा नयाँ शक्तिकाको रुपमा उदाइरहेको दाबी गर्दै जिसस प्रमुख कर्णले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी देशैभर बलियो बन्ने बताए ।



मेयर खड्का तथा लोसपाका नेताले कार्यालय खुले पछि पार्टीको कार्यकर्ताहरुलाई सहज भएको बताए। नगर अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नवगठित नगर कार्य समिति चयन भएका पद अधिकारीहरुले सपथ ग्रहण समेत गरेका थिए ।
कार्यक्रममा लोसपाका नव निर्वाचित जनप्रतिनिधि लगायत नगरका १ सय बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
सो अवसरमा नेता कार्यकर्ताहरुले विजय दशमी,दिपावली र छठ पर्वको शुभकामना समेत सटासाट गरेका थिए ।










