जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गर्दै उनले एमालेलाई सरकारमा सहभागी गराएका छन् ।
सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।
उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।
मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री थिए। त्यस्तै जनमत पार्टीका सांसदले सरकार छाड्दा खाली भएका २ मन्त्रालय पनि मुख्यमन्त्रीको जिम्मामा छ । स्रोतका अनुसार नेकपा एमालेले ४ वटा मन्त्रालय पाउनेछ ।
एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो र अहिले पुन साेहि मन्त्रालय पाएका छन्।
नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
यसैबीच एमाले पार्टीमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।








