भैरहवा – रुपन्देही को लुम्बिनी साँस्कृतिक नगरपालिका ले चैत्र ११ गते आईतवार स्थानिय विदा दिएको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका का नगर प्रमुख सजरुद्दीन मुसलमान ले शुक्रवार फागु पुर्णिमा को शुभकामना दिदैँ आईतवार होली को उपलक्ष्य मा स्थानिय विदा दिईएको जानकारी गराएका छन्।
तराईमा सोमवार होलीको सार्वजनिक विदा रहेको र आईतवार स्थानिय विदा गरि होली पर्वको दुई दिन विदा पालिकामा हुने जानकारी गराईएको छ।



स्थानिय लोक सँस्कृती संरक्षण एवं प्रवर्दन को साथै असत्य माथि सत्य को विजय उत्सव को रुपमा मनाउने पर्व पुर्णिमा होलीको उपलक्ष्य मा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरु लाई नगर प्रमुख मुसलमान ले शुभकामना दिएका छन् । साथै फागु पुर्णिमा उत्सवको अवसरमा आपसी प्रेम, सद्भाव,मेलमिलाप र भाईचारा कायम रहोस् भन्ने कामना गर्दै सो अवसर मा होली सभ्य र मर्यादित ढंग ले रङ अविरको साथ शुभकामना साटासाट गर्दै हर्षोल्लास का साथ मनाउन को लागि लुम्बिनी साँस्कृतिक नगरपालिका ले थप एक दिन आईतवार स्थानिय विदा दिईएको नगर प्रमुख ले जनाएका छन् ।




