सर्लाही- सर्लाही जिल्लाको दुई वटा परीक्षा केन्द्रबाट अमर्यादित कार्य गराउने दुई जना निरीक्षक (गार्ड) लाई जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सर्लाहीले जनाएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत शुक्रवार दोश्रो दिन नेपाली विषयको परीक्षामा चक्र जनता सहिद गंगा मावि बरहथवाबाट सुनिलकुमार दत्त र सरस्वती मावि बरहथवा ३ हजरियाबाट रामदेव भारतीलाई परीक्षा अनुगमन समितिले अमर्यादित क्रियाकलाप गराइरहेको अवस्थामा दुवै जनालाई परिक्षा केन्द्रबाट निष्काशित गर्दै जिम्मेवारीबाट मुक्त गरिएको उक्त कार्यालयले जनाएका हुन् ।
सामान्यतया अन्य परिक्षा केन्द्रहरुमा शान्ति, मर्यादित एवं अनुशासित रुपमा दोश्रो दिनको परिक्षा सम्पन्न भएको बताइएको छ







