धनुषा- धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय १२ बिरामी लाभान्वित भएका छन्।

उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका चिकित्सकहरु सहितका स्वास्थ्यकर्मीहरुले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँत, तथा स्त्री रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो । सो स्वास्थ्य शिविरमा चिसापानी तथा आसपास गाँउहरुबाट आएका ५१२ जना स्थानिय बासिन्दाहरु स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको कर्नेल प्रतिक कार्कीले जानकारी दिए।

नेपाली सेनाको श्री नं. १ राजदल गणले श्री गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि र स्वास्थ्य सामाग्री सहयोगमा संचालित निःशुल्क एक दिने स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबास तथा लेभल-१ अस्पताल, स्कुलटोल, धनुषाबाट ५ जना चिकित्सक सहित जम्मा ४० जना खट्टिएका थिए ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच तथा इएम् कार्य बाहेक सर्पदंश, डेंगु रोग र ज्बलम ज्थनष्भलभ सम्बन्धि सचेतनामुलक कक्षाहरु समेत संचालन गर्नुका साथै नेपाली सेना सम्बन्धि भिडियो एवं बृतचित्रहरु प्रस्तुत गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा New Onset Hypertension (उच्च रक्तचापका नँया बिरामी), Pelvic Inflammatory Disease (स्त्री रोग), मधुमेह, Respiratory infection (स्वास प्रस्वास), Low Back Pain (कम्मर दुख्ने), दृष्टि कमजोरी, कान तथा दाँतमा बिभिन्न प्रकारका समस्या सम्बन्धि बिरामीहरु धेरै मात्रामा देखिएकोले सोहि अनुसार सैनिक चिकित्सकको सल्लाह अनुसार औषधि वितरण गरिएको थियो।

स्वास्थ्य शिविर संचालन भएको धनुषाको यातायातको पहुँचको दृष्टिकोणले विकट मानिएको र स्तरिय स्वास्थ्य सेवाको पहुँचबाट समेत टाढा हुनुको साथै नेपाली सेनाले उक्त ईलाकामा पहिलो पटक स्वास्थ्य शिविर संचालन गरेकोले स्वास्थ्य शिविर संचालन कार्यक्रम बारे स्थानिय बासिन्दाहरु निकै खुशी भएका थिए । यस्ता कार्यक्रमबाट सैनिक नागरिक सम्बन्ध विस्तार गर्नमा मद्दत पुग्ने स्थानीयले बताए ।


