भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याईएको विभिन्न सामान हरु जिल्ला को विभिन्न ठाउँ वाट बरामद गरेको छ। बरामद गरिएको सामान हरु को अनुमानित मुल्य ११ लाख ९० हजार १ सय ७० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले शनिवार र आईतवार विभिन्न ठाउँ वाट बेवारिसे अवस्था मा महिला को भित्री वस्त्र, कुर्ता सुरवाल, साडी, चिनी लगायत को विभिन्न सामान अनुमानित मुल्य ९ लाख ३९ हजार ७ सय ८० बरावर को बरामद गरेको छ।



त्यस्तै इलाका प्रहरी कार्यालय बेलहिया वाट खटिएको प्रहरी टोली ले सिद्धार्थनगर नगरपालिका वडा नं १ वाईपास चोक वाट अनुमानित ५० हजार मुल्य वरावर को विभिन्न कपडा हरु र प्रहरी चौकी मैनिहवा, पाण्डेपिप्रहवा वाट खटिएको प्रहरी टोली ले विभिन्न ठाउँ वाट शुक्रवार र शनिवार तन्ना,साडी,कोक, सर्फ लगायत को विभिन्न सामान हरु र तस्करी मा प्रयोग गरिएको लु १२ प २११७, लु ३ प ५६७९ नम्वर को मोटरसाईकल र लु ६ प ६९४४ नम्वर को स्कुटर लाई नियन्त्रण मा प्रहरी ले लिएको छ। बरामद गरिएको सामान हरु अनुमानित मुल्य ७० हजार ३ सय ९० र मोटरसाईकल र स्कुटर को अनुमानित मुल्य १ लाख ३० हजार को रहेको जनाईएको छ।
बरामद गरिएको सम्पुर्ण सामान,मोटरसाईकल र स्कुटर लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




