महोत्तरी – मटिहानीका आगलागिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुलाई देवयानी इंटरनेशनल नेपाल प्रा.लि. र बरुण ब्याभरेज नेपाल प्रा.लि. को संयुक्त लगानीमा राहत वितरण गरिएको छ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र दुबै कम्पनीका प्रतिनिधि द्वय सुनील साह र रोहित साहको उपस्थितिमा १०३ घरपरिवारलाई ग्यास सिलिण्डर-१, चुल्हो सेट-१ र स्टेशनरी सेट-१ का दरले राहत बितरण गरिएको हो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, योजना अधिकृत राजेश शर्मा लगायतका उपस्थिति रहेको थियो ।







