भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान को साथै दुई जना र विभिन्न मुद्दा मा कैद सजाय फैसला भई फरार रहेका दुई जना लाई पक्राउ गरेको छ। अवैध सामान को अनुमानित मुल्य ११ लाख ५७ हजर ६ सय २५ को रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत वाट खटिएको प्रहरी टोली ले वुधवार र बिहीवार विभिन्न स्थान हरु मा चेक जाँच गर्ने क्रम मा अवैध रुप मा चोरी निकासी गरि ल्याउँदै गरेको बाख्रा ३५ वटा, चिनी १३ वोरा, प्याज ४ बोरा, ब्रोइलर कुखुरा, साडी, टप्स लगायत विभिन्न सामान हरु र तस्करि मा प्रयोग गरिएको लु २ च ३३३० नम्वर को बोलेरो गाडी र लु ३ प ७२५२, लु ३ प ८७६ नम्वर का दुई मोटरसाईकल को साथै दुई जना लाई पनि नियन्त्रण मा लिएको छ।



साथै रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले जवरजस्ती करणी मुद्धामा ३ बर्ष ६ महिना २० दिन कैद सजाय फैसला भएका रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं १० बस्ने सुरेश दमै र लागु औषध मुद्धामा २ बर्ष कैद र १५ हजार जरिवाना फैसला भएका रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं ५ बस्ने नविन थापा मुद्धामा कैद तथा सजाय भई फरार रहेका लाई प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
पक्राउ गरिएको अवैध सामान हरु लाई थप कार्वाही को लागि भंसार कार्यालय, पशु पंक्षी हरु लाई पशु क्वारेनाइन बेलहीया र फरार रही पक्राउ गरिएका दुई जना लाई जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




