धनुषाको महेन्द्रनगर-दिगम्बरपुरमा कृषक संगोष्ठि भएको छ।
श्री राम फर्टिर्लाइजर्स एण्ड केमिकल्सको आयोजना तथा राजु ट्रेडर्स ढल्केबर धनुषाको समन्वयमा क्षिरेश्वरनाथ नगरपालिका -८ दिगम्बरपुरमा सोमबार श्रीराम कृषक संगोष्ठि सम्पन्न भएको छ।




गोष्ठीमा दिगम्बरपुरका करिब ३५ जना स्थानिय किसानहरूको उपस्थिति रहेको थियो। उनीहरुलाई विभिन्न प्रजातिका कोबी (गोभि), टमाटर ,काक्रो लगायतको साग-तरकारीको खेती बारे प्रशिक्षण दिईएको थियो।
कम लागतमा उत्पाद बृध्दि कसरी गर्ने ,सहज र सरल तरिकाले खेती गर्ने माध्यम, किटनाशक मलको उचित प्रयोग र खेती गर्ने समयावधि बारे सिकाइएको थियो। खेतीपाती गर्ने प्राविधिक र मल प्रयोगको सामान्य ज्ञानको अभावले कृषकको लागत खेर जाने भएको समस्याहरु देखिएकाले किसानहरू सँग गोष्ठी गर्नु पर्ने भएको कुरा प्रशिक्षकको भूमिका मा रहेका ऐग्लिकल्चर बि.एस.सि. गरेका शिवम सिंहले बताउनुभयो।




