महोत्तरी,(औरही)- ओैरहीमा गएराति डाकाहरूले एक समुहले लाखौकाे धनमाल लुटपाट गरिनुकाे साथै घरधनिलाई कुटपिट गरि घाईते समेत बनाई दिएकाे छ।
औरही नगरपालिका वडानं. १ बस्ने केबल साहको घरमा ६ जनाको डाका समुहले लुटपाट गरेका हुन्।मध्यरातमा घरको पछाडि पट्टी पूर्व तिरको ढोका खोली प्रवेश गरी लुटपाट मचाएका हुन्।



डाकाहरूले नगद, सुन चाँदीका गरगहना समेत गरि ५लाख ९२हजार ६सय बराबरको धनमाल लुटेर लगेको पिडितले जनाएको छ।डाकाहरूले रडले प्रहार गरि रंजित साहलाई घाइते समेत बनाई दिएको छ।साह को टाउँकोमा आठवटा टाका लागेको निजलाई औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा उपचार भईरहेको छ ।
सो घटना संलग्न हुन सक्ने आसंकनमा साहकाेको मिलमा पहिला काम गर्ने कामदार औरही वडानं. १ बस्ने २१ को अस्लम अंसारीलाई पक्राउ गरिएकाे छ ।
साथै उक्त घट्ना पश्चात औरही नगरपालिका वडानं .१ बस्ने श्रम मन्त्री शरत सिंह भण्डारी को घरमा वाल जम्प गरि प्रवेश गरे त्यहाँ बाट चार्जमा रहेको मोबाईल एक थान र माथिल्लो कोठामा रहेको दराज बाट लुगा र चेक बुक लगेको प्रहरिले जनाएको छ।




