महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचन : १ बजेसम्म १ हजार ६१ मत खसेको छ ।
रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि आज भइरहेको उपनिर्वाचनमा १ बजेसम्म जम्मा १ हजार ६१ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
रामगोपालपुर नगरपालिका वडा २ माेहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालय मतदान केन्द्र रहेको छ । जसमा बुथ (क) मा ३६० महिला र २१८ पुरुष त्यसैगरी बुथ (ख) मा २६९ महिला र २१४ पुरुष गरि १हजार ६१मत खसेको छ ।
यहाँ दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उक्त पदमा उपनिर्वाचन भइरहेको छ ।







